दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्माण व्यवसायी संघ चितवनद्वारा उज्यालो टाइम्समा प्रधान सम्पादक राजु भट्ट सहित चार पत्रकार सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र २२ गते, आईतवार ५:३२

भरतपुर/चितवन निर्माण व्यवसायी संघ चितवनले उज्यालो टाइम्सकर्मी राजु भट्ट सहित चितवनका चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । ३१ औं वार्षिक साधारण सभाको अवसर पारेर निर्माण व्यवसायीका हक हित र अधिकारका बारेमा रहेर कलम चलाउँदै आएका पत्रकारहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा राजु भट्ट, शालिग्राम नेपाल, अस्मिता पराजुली र द्विप्ति विश्वकर्मा रहेका छन्। उनिहरुलाई निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपाने र प्रमुख अतिथिका रूपमा रहेका निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका हुन्।

चितवनलाई कार्यक्षेत्र बनाई निर्माण व्यवसायीहरूको गतिविधि तथा आर्थिक पाटोलाई आफ्नो मिडिया मार्फत जनता समक्ष पुर्याउन अहम भूमिका निर्वाह गर्नुभएकोमा पत्रकारहरुलाई सम्मान गरिएको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपाने बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु