दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति फेसियल हाउसको श्रद्धाञ्जली, आज मंगलबार ११ वटै शाखा बन्द हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र २४ गते, मंगलवार ८:५४

काठमाडौं। जेनजीको आन्दोलनमा भएको दुःखद घटनाप्रति फेसियल हाउसले गहिरो दुःख व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दै कम्पनीले २०८२ साल भदौ २४ गते मंगलबारका दिन आफ्ना ११ वटै शाखा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ– “पोसाकमै रहेका विद्यार्थीलाई अपराधीजस्तै व्यवहार गरेको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

फेसियल हाउसले अकल्पनीय यो घटनाप्रति श्रद्धाञ्जलीस्वरूप सम्पूर्ण शाखा एकदिनका लागि बन्द रहने जनाएको हो।

आन्दोलनमा अहिलेसम्म १९ जना जेनजी आन्दोलनकारीको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु