तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सरोकारवाला पक्षहरूसँग निरन्तर छलफलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र २६ गते, बिहीबार ७:३९

काठमाडौं ।जेन–जेड आन्दोलनले निर्वाचित सरकारलाई हटाएपछि वैकल्पिक नागरिक सरकारको तयारी तीव्र भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताको आह्वान गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सरोकारवाला पक्षहरूसँग निरन्तर छलफलमा जुटिरहेका छन्।

मंगलबार रातिदेखि सुरु भएको सेनापतिको संवाद प्रक्रिया अझै जारी छ। यसबीच आन्दोलनको नेतृत्वकर्तामध्ये रहेका जेनजेड समूहहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्नुपर्ने प्रस्ताव मजबुत रूपमा अघि सारेका छन्।

यद्यपि जेन–जेडका समूहहरू आ–आफ्नै धारमा विभाजित देखिए पनि कार्कीको नेतृत्वबारे भने व्यापक सहमति जस्तो देखिएको छ। उनीहरूले सामूहिक रूपमा आफ्नो मागसहित कार्कीलाई अनुरोधपत्रसमेत बुझाएका छन्।

वार्तामा संलग्न स्रोतहरूको भनाइअनुसार, जेन–जेड आन्दोलनले विश्वास गर्ने प्रमुख व्यक्तिहरूमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि कार्कीको नाममा समर्थन प्रकट गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु