दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनिन नेपालको पहिलो महिला प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र २८ गते, शनिबार ६:२०

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा विशेष समारोहका बीच नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। कार्कीलाई गत राति सर्वपक्षीय सहमतिको आधारमा अन्तरिम सरकारको नेतृत्वका लागि प्रधानमन्त्री नियुक्त गरिएको हो। देश राजनीतिक संकटमा फसेपछि समाधानको उपायस्वरूप कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको बताइन्छ।

कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थायित्व, शान्ति र संविधानको मर्मअनुसार काम गर्न प्रधानमन्त्री कार्कीलाई सुझावसमेत दिएका छन्।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्की नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्री बनेकी महिला नेतृ भएकी छिन्। उनले शपथपछि राष्ट्रलाई सम्बोधन गर्दै “सबै राजनीतिक दललाई विश्वासमा लिएर, निष्पक्षता, पारदर्शिता र उत्तरदायित्वसहित अन्तरिम सरकार सञ्चालन गर्ने” प्रतिबद्धता जनाइन्।

अन्तरिम सरकारको प्रारम्भिक मन्त्रिपरिषदमा तीन जना मन्त्री रहने व्यवस्था गरिएको छ, जसमा प्राविधिक विज्ञ र विभिन्न क्षेत्रका प्रतिनिधिलाई प्राथमिकतामा राखिएको छ। आगामी छ महिनाभित्र स्वतन्त्र, निष्पक्ष र विश्वासिलो निर्वाचन गराउने मुख्य जिम्मेवारी यस सरकारले वहन गर्नेछ।

देश संकट र अनिश्चितताबाट गुज्रिरहेको अवस्थामा सुशीला कार्कीको नेतृत्वले राजनीतिक स्थिरता र जनविश्वास पुनःस्थापित गर्न कस्तो भूमिका खेल्छ भन्ने विषयमा आम नागरिक र अन्तर्राष्ट्रिय समुदाय दुवैको नजर रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु