तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनआरएनए युवा उद्यमशीलता समितिको संयोजकमा नारायण भण्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र २९ गते, आईतवार ९:५७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा उद्यमशीलता र नेतृत्व समितिको अध्यक्षमा नारायण भण्डारी(समाजसेवी)लाई नियुक्त गरेको छ ।

गत साउन १८ गते बसेको आईसीसी बैठकले २०२५–२०२७ कार्यकालका लागि भण्डारीलाई उक्त पदमा चयन गरेको हो। समितिको अध्यक्षको हैसियतमा उनले युवाविभाग प्रमुखलाई प्रत्यक्ष प्रतिवेदन दिने व्यवस्था गरिएको छ।

एनआरएनएले जारी गरेको पत्रमा भनिएको छ, ‘भण्डारीको निरन्तर प्रतिबद्धता, असाधारण समर्पण र गैरआवासीय नेपाली आन्दोलनमा पुर्‍याएको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यो जिम्मेवारी दिइएको हो।’

संघका अध्यक्ष महेशकुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले हस्ताक्षर गरेको पत्रमा भण्डारीको नेतृत्वले नेपाली युवामा उद्यमशीलता र नेतृत्व क्षमताको विकास गर्न ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

संघले ‘नेपालीका लागि नेपाली–समृद्ध नेपालको लागि’ भन्ने साझा दृष्टिकोणलाई अगाडि बढाउन भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको जनाएको छ।
नारायण समाजसेवीले एनआरएनए कतार लगाएत बिभिन्न संघ संस्थामा जिम्मेवारीमा रहेर सफलतापुर्वक कार्य सम्पन्न गरेका ब्यक्ति हुन । उनिसङ्ग युवा जोश उत्साह भएकालेनै नतिजा निकाल्ने गरेका हुन ।
आफुलाई बिश्वास गरेर यो जिम्मेवारी दिएकोमा नारायण समाजसेवीले एनआरएनए अध्यक्ष महेश श्रेष्ठलगाएत कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै आफुले दिएको जिम्मेवारी दिन रात नभनी पूरा गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु