तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनएसपिएलको ट्रायल सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन ३ गते, शुक्रबार १३:४०

काठमाडौं ः डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको सबैभन्दा ठूलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) को ट्रायल सम्पन्न भएको छ।
देशभर विभिन्न स्थानमा सम्पन्न भएका ट्रायलमार्फत खेलाडीहरु लाई छनोट गर्ने प्रक्रिया सकिएको छ। मङलबार काठमाडौंको महालक्ष्मी स्पोट्र्स हबमा अन्तिम ट्रायल सम्पन्न भएको हो। ट्रायलमा खेलाडीहरुको उल्लेखनिय सहभागिता रह्यो। ट्रायलमा करिब १५०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए भने तीमध्ये २५० जना खेलाडीहरुलाई अक्सनका लागि छनोट गरिने छ ।
यो प्रतियोगिता टेनिस बल क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने महत्वपूर्ण प्लेटफर्म हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सात टिम सहभागी हुनेछ। प्रतियोगितामा कुल २५ खेल खेलिने छ। लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ र शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकाश गर्ने बताए। “यो प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर र प्रेरणा दिनेछ। साथै, नेपाली क्रिकेटलाई ग्रासरुट स्तरबाट विकास गर्ने उद्देश्य राखिएको छ,” उनले बताए।
हाल प्रतियोगिता केही समयका लागि स्थगित भएको छ। सुरुवाती योजना अनुसार प्रतियोगिता असोज २१ देखि असोज ३१ गतेसम्म हुने तय गरिएको थियो। तर, भदौ २३ र २४ गतेका जेनजी आन्दोलन तथा हाल देश शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी आयोजकले दिएको छ। प्रतियोगिताको नयाँ मिति छिट्टै नै सार्वजनिक हुनेछ। यस प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकाशमा अझ टेवा पुग्ने उद्देश्य राखेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु