दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बौद्ध प्रहरी चौकीलाई अत्यावश्यक सामाग्री प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन ५ गते, आईतवार ७:२३

काठमाडौं । जेनजी आन्दाेलनमा जलाइएको बौद्ध प्रहरी चौकीलाई लायन्स क्लब अफ काठमाडौ शुभताराले अत्यावश्यक सामग्रीहरू सहयाेग गरेका छन् ।

शनिबार बौद्ध प्रहरी चौकीकाे प्राङ्गणमा एक कार्यक्रम आयाेजना गरी शुभताराका कार्यसमितिका सदस्यहरूलगाएतले उक्त सामग्री डिएसपीलाई हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लब अफ काठमाडौ शुभताराको अगुवाइमा सिरक डसना-६ थान,ब्ल्याङ्केट – ६ थान, तन्ना -६ थान, ग्यासचुल्हाेसहितकाे सिलिन्डर -१ थान, सिरानी -१२ थान, सिरानी खोल-१२ थानलगाएतका सामग्री हस्तान्तरण गरिएकाे शुभताराका चार्टर्ड प्रेसिडेन्ट राजेश हिमालयले जानकारी दिनुभयो ।

कार्यक्रममा डिस्ट्रिक गर्भनर केशरबहादुर भण्डारी ३२५ एफ, शुभताराका भूवनबहादुर नेपाल,यूवी महरा, गणेश आचार्य, जीएसटी काेअर्डीनेटर बसन्त थापा ,भाइस प्रेसिडेन्ट शुशिला श्रेष्ठ, आदित्य जोशी,आकाश श्रेष्ठ, मधुकर श्रेष्ठ, अमृत घले,भूवनबहादुर तामाङ, अशोक बोम्जन लगाएतकाे उपस्थिती रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु