दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन ५ गते, आईतवार २१:२३

धादिङ — धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण गरेका छन् ।

बुढाथुमको लिखुरे चौतारोमा निर्माण गरिएको प्रतीक्षालयमा हाल स्वर्गीय पिता दाताराम रेग्मी र माता पार्वती रेग्मीको तस्वीर समेत राखिएको छ । प्रतीक्षालय निर्माणका लागि करिब रु. १ लाख खर्च भएको पण्डित रेग्मीले बताएका छन् ।

उक्त प्रतीक्षालयमा लेखिएको शिलालेख अनुसार, स्व. दाताराम रेग्मी तथा पार्वती रेग्मीका छोरा रुद्रलाल रेग्मी–हिमकुमारी रेग्मी र काका यदुला रेग्मीको सम्झनामा छोरा–बुहारी दयाराम रेग्मी तथा सिता रेग्मीले २०८२ वैशाख २२ गते प्रतीक्षालय निर्माण गरेका हुन् । पण्डित रेग्मी पत्रकार पुस्ताक रेग्मीको बुबा समेत हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु