
मनिसा अर्याल , साइप्रस
यहि आउँदो अक्टोबर ५ आइतबारका दिन नेपालीहरुको महान चाड बिजय दशमीको अवसरमा साइप्रसको सुन्दर शहर लिमासोलको ट्रीकिस प्यालेसमा भब्यताका साथ बिजय दशमीको सुभकामना आदानप्रदान अग्रजहरु बाट टीका जमरा ग्रहण तथा सांस्कृतिक कार्यक्रम भान्से धमका २ आयोजना हुने भएको छ।
यसपालिको दशै बिशेष कार्यक्रम अरु बेलाको भन्दा बिशेष र खास हुने नेपाली सेफ सोसाइटी साइप्रसले जनाएको छ । नेपाली भान्सेहरुले बनाएको मीठो खाना, साथै स्पेन बाट पाल्नुहुने राष्ट्रिय कलाकार तुल्सी शिवाकोटी साथै स्थानीय नेपाली कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा भरपुर मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि रहेको छ। तपाईँहरूको साथ, सहभागिता र उत्साहले यस कार्यक्रमलाई अझ रंगीन, सफल र सम्झनलायक बनाउन मद्दत गर्नेछ, भन्ने हामीलाई दृढ विश्वास छ।

बिजय दशमी २०८२ को अवसरमा साइप्रसवासी सम्पूर्ण नेपाली आदरणीय ,सम्माननिय दाजुभाइ तथा दिदिबहिनीहरु , संघ-संस्था , बुद्धिजीवी ,पत्रकार , राजनीतिक दलको प्रतिनिधि , समाजसेवी र नेपाली समुदायका सम्पुर्णमा आदरपुर्वक उपस्थित र सहभागीताको लागि सादर अनुरोध समेत आयोजक टिमले गरेको छ।
प्रवेश शुल्क २० युरो रहेको कार्यक्रममा साइप्रसको सबै शहरहरु बाट आउन जानको लागि बसको सुबिधा पनि रहेको छ । यश कार्यक्रमले हामी सबै प्रदेशी नेपालीहरुलाई एकताबद्ध गराउने , नेपाली कला .संस्कृति तथा संगितप्रतिको सम्मान र प्रेमलाई प्रवर्द्दन गर्ने अवसर सिर्जना भएको छ। सो कार्यक्रमको लागि अग्रिम टिकट बुकिङ्ग पनि खुल्ला गरिएको जानकारी गराउन चाहान्छु।टिकट समयमै pre book गरि आफ्नो टिकट सुनिश्चित गर्नुहुन समेत अनुरोध गर्नुभएको छ।


