दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चर्चित पेस्ट्री सेफ थापाले साउदीमा देखाए अद्भुत बेक कला (फोटो फिचर सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन ८ गते, बुधबार ६:२२

साउदी अरब । साउदी अरबको केम्पिनस्की होटलका एक्जुकेटिभ पेस्ट्री सेफ सरोज सिंह थापाले साउदी अरबको ९५ औं राष्ट्रिय दिवसको अवसरमा आफ्नो बेक फेस्ट कला प्रस्तुत गरेर सबैको ध्यान खिच्न सफल भएका छन् ।

थापाले प्रस्तुत गरेको बेक फेस्टलाई अवलोकन गर्न आएका साउदी अरबलगायतका देशका नागरिकहरू दङ्ग परेर फर्किएका छन् । पेस्ट्री तथा केकहरूमा उनले देखाएको विविधता र कलात्मकता सबैले खुलेर प्रशंसा गरेका छन् ।

सेफ थापाले दर्जनौं फ्लेभरका केक र पेस्ट्रीलाई अनौठो आकृतिमा प्रस्तुत गरेका थिए । उपस्थित दर्शकहरू उनका केक र पेस्ट्री हेर्दा अचम्मित भएका थिए । धेरैले उनको कलाको प्रशंसा गर्दै “यो नेपाली सेफले कहाँ यस्तो अद्भुत कला सिके?” भनेर जिज्ञासा व्यक्त गरेका थिए ।

थापाले आफ्नो टिमसँग मिलेर तयार पारेका विविध आकृतिका पेस्ट्री र केकहरू होटलको रेस्टुरेन्टमा प्रदर्शनमा राखिएको थियो, जसले अवलोकनकर्ताहरूलाई छुट्टै संसारमा पुगेको अनुभव दिलायो ।

नेपालको छोरा थापाले साउदी अरबको केम्पिनस्की होटलमा आफ्नो कला देखाएर नेपाली पेस्ट्री सेफहरूको प्रतिभालाई विश्वसामु चिनाइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु