तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सेफ्स एसोसीएसन अफ नेपालले विश्व पर्यटन दिवस तथा बडा दशैंको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन ११ गते, शनिबार १७:५२

काठमाडौं । सेफ्स एसोसीएसन अफ नेपालले विश्व पर्यटन दिवस तथा बडा दशैंको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

ललितपुरको फर्सीडोलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन दिवस र बडा दशैंको शुभकामना दिंदै पदमा हुँदा र नहुँदा पनि सेफ्स एसोसिएसनलाई सक्दो सहयोग गर्ने बताए ।

पूर्वराज्यमन्त्री चौधरीले नेपालको पर्यटन क्षेत्रमा एसोसिएसनको योगदान र पाककलामा नेपाली खानालाई विश्व सामू चिनाउन गरेको गोगदान महत्वपूर्ण भएको जिकिर गरे ।

शुभकामना ब्यिक्त गर्दै एसोसिएसनका अध्यक्ष रेशमकुमार लामाले पर्यटनको दिगो विकास र आर्थिक उपार्जनका लागि एसोसिएसनले योगदान गर्दै आएको बताए ।अध्यक्ष लामाले तीन दशकदेखि एसोसिएसन र नेपाली सेफ्सले नेपाली रैथाने परिकारलाई पाककलाको माध्यमबाट विश्वमा चिनाउन अथक प्रयासरत रहेको बताए ।विश्व भर छरिएर रहेका पाककलामा सक्रिय सेफ्सहरुले नेपाली खानालाई विशवमा चिनाउन महत्वपूर्ण योगदान गरेको दावी गरे ।

कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष पुस्प थापा मगरले संस्था स्थापना गर्न भन्दा पनि संस्थालाई टिकाउन कठिन भएको बताएका थिए ।पूर्व अध्यक्ष थापाले प्रबिधि र युगलाई पच्छायाउन आग्रह गर्दै नयाँ युगसगै नयाँ कुरा सिक्दै जानु पर्ने बताए ।

मन बचन र कर्मले गरेको काम सफल हुने भन्दै पूर्व अध्यक्ष थापाले सफल हुन सभ्य र सकारात्मक सोच राख्न आग्रह गरे ।
एसोसिएसनका पूर्व अध्यक्ष जीत लामा पाख्रिनले शुभकामना दिंदै पहिला हस्पिटालिटी सम्बन्धी सिक्ने स्थानको अभावमा पनि जसो तसो संस्था स्थापना गरेर अहिलेको पुस्ताका लागि सहज बनाइएको बताए ।

भान्छे भनेर हेप्ने गरिए पनि अहिले सेफ्सहरुलाई हेर्ने दृष्टिकोण फ्क भएको भन्दै पूर्व अध्यक्ष पाख्रिनले नेपालमा पहिला बङाली सेफ्सको बाहुल्यता रहेपनि अहिले नेपाली सेफ्सको उपस्थिति दरिलो रहेको जिकिर गरे ।एसोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसीले धेरै मेहनत गरेर संस्था स्थापना गरेकोले संस्थाको अहित हुने काममा कोही लाग्न नहुने भन्दै छरिएर रहेका सेफलाई एकीकृत गनै आग्रह गरे ।

सेफ्सको रेटिङ आफूले होइन अर्काले गर्नु पर्ने भन्दै पूर्वअध्यक्ष केसीले कसैले केहि भन्नु भन्दा कामले गरेर देखाउन आग्रह गरे ।पूर्वअध्यक्ष श्रीराम अधिकारीले पर्यटकको आगमनमा कमी आएकोले अब एग्रो टुरिजमलाई ध्यान दिन आग्रह गरे ।

पूर्व अध्यक्ष अधिकारीले एग्रो टुरिजममा ध्यान दिन सके आयातमा कमी आउने र युवा जनशक्ति पलायन हुने क्रम घटने दावी गरे ।
एग्रो टुरिजमको माध्यमबाट स्वादेशमै रोजगारी सृजना गर्न सकिने भन्दै सेफले पनि उत्पादनमूलक कामममा लाग्न प्रेरित गरे ।

शुभकामना ब्यक्त गर्दै ग्रीन नेपाल एग्रो प्रालि सञ्चालक खामाङ देवानले नेपालका नेपालका होटका लागि आवश्यक पर्ने खानेकुरा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर प्रयोग गरिदिएमा स्वदेशी उत्पादनले बजार पाउनुका साथै रोजगारी सृजना हुने बताए ।

एसोसिएसनका अर्का अध्यक्ष रत्नबहादुर थापा र फास्ट फुड एसोसिएसनका प्रतिनिधिले पनि शुभकामना ब्यक्त गरेका थिए ।
पानसमा बत्ति बालेर शुभारम्भ गरिएको कार्यक्रममा बिधिन्न क्षेत्रमा महानुभावहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

ग्रीन नेपाल एग्रोको प्रायोजनमा कार्यकम आयोजना गरिएको थियौ ।
एसोसिएसनले नेपालमा मनाइने पर्यटनसित जोडएका र नेपालमा मनाइने चाडपर्वको अवसर पारेर यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

आज ४६औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा पर्यटन र दिगो रुपान्तरण रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु