दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चाडबाडमा बाबालाई सम्झिँदै छोरीको कथा भिडियोमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन १५ गते, बुधबार ७:४९

काठमाडौं – दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ, जहाँ बाबा विदेशमा रहेका कारण चाडपर्वमा परिवारसँग एकैठाउँ हुन पाउँदैनन्। गीतमा एक छोरीले आफ्ना बाबासँग चाडबाडमा सँगै हुन नसकेको पीडा व्यक्त गरेकी छिन्। अर्कातर्फ, बाबा पनि परदेशमा बस्दा परिवार र चाडपर्वको रमाइलो सम्झिँदै दुखी छन्।

यस गीतमा अमेरिका निवासी गायक विजय सङ्खरको स्वर, शब्द र संगीत रहेको छ। उनलाई स्वरमा साथ उनकी छोरी प्रिस्किला सङ्खरले दिएकी छिन्। दीपकराज विश्वकर्माले संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। साथै, उनको निर्देशनमा बनेको यस भिडियोमा स्वयम् दीपकराज विश्वकर्मा, अजिता विश्वकर्मा, आज्ञा बस्नेत र आदिम विश्वकर्माले अभिनय गरेका छन्। सुबिन गोदारले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन्।

भिडियो हेर्दा लाग्छ, यो गीत धेरै नेपालीको मन छुनेछ। छोरीले घरमा चाडपर्वको तयारी गर्दै बाबालाई सम्झेकी छिन् भने बाबाले विदेशमा एक्लोपन महसुस गर्दै परिवारसँग रमाउन नपाएको पीडा व्यक्त गरेका छन्। भिडियोको निर्देशन र पात्रहरूको अभिनयले वास्तविक जीवनको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

यो केवल गीत मात्र होइन, विदेशिएका बाबाआमा, छोराछोरी र सम्पूर्ण नेपाली परिवारहरूको साझा कथा हो। दसैं–तिहारको रमाइलोबीच सम्पूर्ण परिवार एकसाथ नहुने भावनालाई यस गीतले मार्मिक ढंगले उजागर गरेको छ। गीतको म्युजिक भिडियो “विजय सङ्खर अफिसिएल” युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु