तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मनसुन नेपालबाट औपचारिक रूपमा समाप्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन २५ गते, शनिबार ८:१४

काठमाडौं ।यस वर्षको मनसुन नेपालबाट औपचारिक रूपमा समाप्त भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार निर्धारित मितिभन्दा आठ दिन ढिलो गर्दै आजदेखि मनसुन सम्पूर्ण देशबाट बाहिरिएको हो। यसअघि असोज २० गतेदेखि मनसुन क्रमशः सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका पश्चिमी क्षेत्र र गण्डकी प्रदेशका केही भागबाट बाहिरिन सुरु भएको थियो।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली देखिए पनि बाँकी अधिकांश भूभागमा मौसम सामान्य र सफा छ।

मनसुनको उत्तरार्द्धमा यस वर्ष देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन गम्भीर रूपमा प्रभावित बनेको थियो। मनसुनजन्य विपद्मा परी ५३ जनाले ज्यान गुमाएका र पाँच जना अझै बेपत्ता रहेको विभागले जनाएको छ।

कायस्थका अनुसार यो वर्षको मनसुन सामान्य मितिभन्दा १५ दिनअघि, अर्थात् जेठ १५ गते नेपालमा प्रवेश गरेको थियो। त्यसपछि देशभर मनसुन फैलिन २३ दिन लागेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु