तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गैरआवासीय नेपाली संघले मनायो २२औं स्थापना दिवस, स्वयम्भूमा दीप प्रज्वलन — “एकताको विकल्प छैन : अध्यक्ष श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन २५ गते, शनिबार १७:०१

काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२औं स्थापना दिवसको अवसरमा शनिबार बिहान स्वयम्भूस्थित बौद्ध स्तुपामा १०८ दीप प्रज्वलन गरी विशेष कार्यक्रम सम्पन्न गरेको छ।

संघका अध्यक्ष महेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष खगेन्द्र न्यौपाने, विश्वासदीप तिङ्गेला, महासचिव बाबुराम (बी.आर.) लामा, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, युरोप संयोजक प्रेम गुरुङसहितका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा शान्ति, एकता र समृद्धिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले हाल गैरआवासीय नेपालीहरूबीच एकताको कुनै विकल्प नरहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले देशमा ठूलो क्षति पु¥याएको स्मरण गर्दै अब पुनर्निर्माण र राष्ट्रिय एकताको बाटो रोज्न जरुरी भएको बताए।

पूर्व अध्यक्ष विनोद कुँवरले व्यक्तिगत स्वार्थ र हठ त्यागेर सबै अभियन्ता एकै मञ्चमा उभिनुपर्ने आवश्यकता औंल्याए। उपाध्यक्ष विश्वासदीप तिङ्गेलाले एनआरएनएको भूमिका अहिले झन् जिम्मेवारीपूर्ण बनेको उल्लेख गर्दै एकतामा जोडिनु नै समयको माग भएको बताए।

कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले जेनजी आन्दोलनपछि सुरु गरिएको पुनर्निर्माण अभियान अन्तर्गत बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुम अन्तिम चरणमा पुगेको जानकारी दिए।

सन् २००३ अक्टोबर ११ मा “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मूल भावनासहित स्थापना गरिएको एनआरएनए हाल ९० भन्दा बढी देशमा सक्रिय शाखा रहेको संघ हो।

स्थापना दिवसकै अवसरमा शनिबार बग्गीखानामा आयोजित चियापान कार्यक्रममा ट्राफिक कन्ट्रोल रुमको अवलोकन गरिएको थियो। उपाध्यक्ष मनोज गोर्खालीले सो अवसरमा देश निर्माणको यो सुरुवात मात्रै भएको जनाउँदै अझ धेरै काम गर्न बाँकी रहेको बताए।

स्वागत मन्तव्य दिँदै उपाध्यक्ष खगेन्द्र न्यौपानेले संस्थाभित्र एकता नभए संघ कमजोर बन्ने चेतावनी दिँदै संस्थाका अग्रज र अभियन्ताहरूलाई अहंकार र जुँगाको लडाइँ छाडी एउटै एनआरएन बनाएर अघि बढ्ने सुवर्ण अवसर नगुमाउन आग्रह गरे। उनले मुखले एकता भन्ने तर मनले फुट ल्याउने प्रवृत्तिबाट टाढा रहन सबैलाई चेतावनी दिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु