तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

खेलाडीको शारीरिक तन्दुरुती परिक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन २८ गते, मंगलवार ६:५१

काठमाडौं, असोज २६ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परिक्षण गरेको छ । मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ र भलिबल बाहेक क्रिकेट र फुटबल गरी ८ खेलका ५८ खेलाडीको परिक्षण गरी प्रतिवेदन बुझाइएको छ ।
केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई सोमबार प्रतिवेदन हस्तान्तरण गरे ।
प्रतिवेदन हस्तान्रण गर्नुअघि प्रमुख अधिकारीले सदस्य–सचिव घिसिङ, राष्ट्रिय टिम तयारीका प्रतिनिधि, सम्बन्धित खेलका प्रशिक्षकलगायतको उपस्थितिमा खेलाडीमा देखिएका सुधारका पक्ष, राम्रो पक्षलगायतका विषयमा जानकारी गराएका थिए । प्रमुख अधिकारीले बाँकी खेलाडीको पनि परिक्षण गर्ने बताए ।
सदस्य–सचिव घिसिङले विगतको परम्परागत शैलीको प्रशिक्षण विधिको अन्त्य गर्ने उद्देश्यले परिषद्ले अनुसन्धान केन्द्र र हाइ पर्फमेन्स सेन्टरको स्थापना गरेको बताउदै हाल खेलाडीको क्षमता पहिचान गर्ने उपयुक्त साधन परिषद्संग भएकाले यसको भरपुर उपयोग गर्नु पर्नेमा जोड दिए ।
उनले २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने मिसन– २०२६ को लक्ष्य पूरा गर्ने बेला आएको बताउदै सबै गम्भीर भएर अगाडि बढ्नु पर्ने बताए । उनले यो कार्यमा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु