
मनिसा अर्याल, साइप्रस
साइप्रसको सुन्दर सहर लिमासोलमा उर्गेन दोङको सांगीतिक प्रस्तुति, ‘गडग्रेस एफसी’ साइप्रसले पहिलो पटक भब्य रूपमा मनाउने भएको छ।
साइप्रसमा कार्यरत नेपाली समुदायको लागि एक भव्य सांगीतिक उत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।
नेपाली फुटबल तथा पछिल्लो समयमा अग्रसर एक सामाजिक संस्था गडग्रेस फुटबल क्लब साइप्रसले नेपालका चर्चित तथा लोकप्रिय गायक उर्गेन दोङको साथमा मनाउने भएको हो।
नोभेम्बर ९ तारीख लिमासोलको Neo Fiesta Banquet Hall मा आयोजना हुने यस कार्यक्रमको मुख्य आकर्षण गायक दोङ को प्रत्यक्ष ‘लाइभ’ प्रस्तुति रहनेछ।
दोङले आफ्नो लोकप्रिय गीतहरू मार्फत साइप्रसवासी नेपाली दर्शकहरूलाई मनोरञ्जनको साथ गाउदै नचाउदै रमाइलो गराउने छन।
कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति २० युरो को टिकट शुल्क तोकिएको छ,जसमा दर्शकहरूलाई स्वादिष्ट नेपाली मिठो खानाको समेत व्यवस्था छ।
साइप्रसको प्रत्येक शहरहरूबाट कार्यक्रम स्थलसम्म आउन जान बस सेवाको समेत व्यवस्था गरिएको गडग्रेस एफसीले जानकारी दिएको छ।
सो कार्यक्रम उपस्थित भै कार्यक्रम लाई सब्य र भब्य बनाईदिनु हुन सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक टिम ले अनुरोध गर्नुभएको छ।


