तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमासम्ममा ठगिन्छन्‌ः सुशील ढुङ्गाना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक १९ गते, बुधबार ७:००

काठमाडौं, १८ कात्तिक । वैदेशिक रोजगारका जानकार सुशील ढुङ्गानाले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा जाने नेपालीहरु पाइला–पाइलामा ठगिने गरेको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले वैदेशिक रोजगारको क्रममा ठगी र शोषण व्यापक रहेको बताएका हुन् । उनले वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा पुगेर जेल पर्नेहरुको अवस्था पनि नाजुक रहेको बताए ।
सरकारले २०७२ सालदेखि मलेसिया, कतार, साउदीअरब, दुवइ, कुबेत, बहराइन, ओमनलगायतको देशमा फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाउन थालेको भए पनि मेनपावर व्यवसायीहरुले उनीहरुसँग चर्को शुल्क लिएर १० हजारको मात्रै रसिद दिने गरेको उनले बताए ।
वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमामा पनि ठगिने गरेको उनले बताए । वैदेशिक रोजगारका जानाकार ढुङ्गानाले वैदेशिक रोजगारीको वर्गीकरण गरेर समस्याको समाधान खोजिनुपर्ने बताए ।
उनले वैदेशिक रोजगारीमा गइसकेका नागरिक, वैदेशिक रोजगारको प्रक्रियामा रहेका नागरिक र कालन्तरमा वैदेशिक रोजगारीमा जाने नागरिक गरी वर्गीकरण गरेर उनीहरुको समस्याको समाधान पनि सोहीअनुसार खोजिनुपर्ने बताए । वैदेशिक रोजगारीको नाममा हरेका दिन दुई हजार नेपाली कुनै न कुनै रुपमा ठगिने गरेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु