दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक २२ गते, शनिबार ७:०६

नुवाकोट। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ द्वरा शैक्षिक सामग्री तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।

नेकपा र पुर्व विद्यार्थी जीवन तामाङ सीको विशेष पहलमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योगसंघ द्वारा नुवाकोट जिल्ला सुर्यगाढि गा.पा.वडा न.१ स्थित छापमा रहेकोे मंगल देवी माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गर्दै २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।

उक्त कार्यक्रमको सभा अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष दिनेश तामाङले गरेका थिए प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्ष बिजेन्द्र बिक्रम शाहले संघले देशका विभिन्न जिल्लाहरुमाआफ्नो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गर्दै अएको र यसै क्रममा ३६ औं दिवसको अवसरमा मंगल देवी माध्यामिक बिद्यालयमा पनि शैक्षिक सामाग्री वितरण गरेको बताए विशेष अतिथि नेकपाका केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज महेन्द्र तामाङ सी ले उक्त कार्यक्रम लाई सम्बोधन गर्दै नेकपाको उद्देश्य पनि सबै उद्योगपति ब्यापारि बुद्धिजीवी युवा विद्यार्थीहरु संग सहकार्य गर्ने रहेकोे र जसरी कापी कलम वितरण गर्दै यो कापी कलमले आफ्नो र रास्ट्रको भाग्य र भबिस्य लेख्न सकुन् भन्ने शुभकामना दिदै राष्ट्रिय परिस्थितिको विषयमा नेकपाको धारणा राखेका छन् ।

त्यसै गरि विशेष अतिथि निवर्तमान अध्यक्ष निम नाथ दाहालले पनि यो संघले कापी र कलम मात्र नभईकन ज्ञान् पनि बडेको बताए अर्को अतिथि रघु पण्डित पनि आफू हरु पढेर नै यो स्थानमा आइपुगेको विद्यार्थी हरुलाइ राम्रो संग पढ्न हौसला प्रधान गरेका छन् ।त्यसै गरि अतिथि पुर्व विद्यार्थी तथा नेकपा केन्द्रिय प्रतिनिधि सदस्य जीवन तामाङ सी ले आफुले पढेको बिद्यालय लाई बिशेष पहल गरेर सहयोग गर्न पाउदा खुशी व्यक्त गर्दै शिक्षाक शिक्षिका हरु भनेको मैनबति जस्तै आफू जलेर अरुलाइ उज्यालो दिए झैँ शैक्षिक र खेलकुद सामाग्री वितरण गरेर यो संघले पनि ज्ञान् बढेको र हाम्रो अनुरोध लाई सहर्ष स्वाकर गरेर सहयोग गरेको भन्दै बिशेष धन्यवाद दिदै यस बिद्यालयको विद्यार्थी भाइ बहिनि यो देशको प्रमुख स्थानहरुमा र कार्यकरी रास्ट्र प्रमुख बन्न सकुन् भन्ने शुभकामना दिए त्यसै गरि बिद्यालयका प्र.अ.दत्ता प्रसाद न्यौपानेले पनि सहयोग शैक्षिक सामाग्री र खेलकुद सामाग्री खेर जना नदिने बचन बद्द्ता व्यक्त गर्दै अझै सहयोगको अपेक्षा गरेका छन् ।त्यसै गरि बि .ब.स अध्यक्ष दिनेश तामाङले कार्यक्रम समापनको घोषण गर्दै सबैलाई विशेष धन्यवाद दिदै अझै सहयोगको अपेक्षा गरेको बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु