दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गरिमा रोड रेस मंसिर ६ गते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक २६ गते, बुधबार २०:१३

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंसिर ६ गते गरिमा रोड रेसको दोश्रो संस्करण आयोजना गर्ने भएको छ ।
प्रतियोगिता खुला पुरुष÷महिला १० किलोमिटर, कर्पोरेट पुरुष÷महिला ५ किलोमिटर र भेट्रान पुरुष÷महिला ५ किलोमिटर दूरीमा दौड हुनेछ । भेट्रानमा पुरुष ५० वर्षमाथि र महिला ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान विधा दोश्रो संस्करणदेखि थपएिको हो । करिब १ हजार प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको दौडको खुलातर्फ विजेताले ५० हजार, दोश्रोले ३५ हजार, तेश्रोले २० हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कर्पोरेट र भेट्रानमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः ३० हजा, २० हजार, १४ हजार, १० हजार र ७ हजार नगद पुरस्कार हात पार्ने छन् ।
बालुवाटार, काठमाडौंस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने दौड विभिन्न भागको परिक्रमा गरी बालुवाटारमै पुगेर टुंगिनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित बनाउन आयोजकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकले कात्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत २० रुपैयाँ शुल्क तिरी रजिस्टे«सन गर्न सक्ने छन् । गत संस्करणमा ओलम्पियन सन्तोषी श्रेष्ठसहित ६ सय ५० सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु