दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मतदाता नामावली दर्ता अवधि पाँच दिन थप, अब मंसिर ५ सम्म दर्ता गर्न सकिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक २९ गते, शनिबार १८:५८

काठमाडौँ | निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गर्नुपर्ने समय पाँच दिन थप गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको विशेष आग्रहपछि आयोगले दर्ता अवधि विस्तार गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन।

पहिले कार्तिक ३० गतेसम्म मात्र निर्धारित दर्ता समय अब मंसिर ५ गतेसम्म कायम हुनेछ। हाल देखिएको जनउत्साह, भीडभाड र पुनः सक्रिय मतदाताको सहभागितालाई मध्यनजर गर्दै आयोग समय थप गर्न बाध्य भएको बताइन्छ। राष्ट्रिय परिचयपत्र बनाएका नागरिकका लागि बायोमेट्रिक अनिवार्य नराखिएको व्यवस्था आएपछि दर्ता प्रक्रियामा झनै सहजता र गति आएको आयोगको भनाइ छ।

सर्भर नचल्ने समस्या बढेपछि त्यसले मतदाता दर्तामा प्रभाव पारिरहेको गुनासो प्रधानमन्त्रीसम्म पुगेको थियो। त्यसपछि प्रधानमन्त्री कार्कीले टेलिफोनमार्फत तत्काल सर्भर समस्या समाधान गर्न र दर्ता समय थप्न निर्देशन दिएकी थीन।

प्रधानमन्त्री कार्कीले स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै, विशेषगरी ‘जेनजी पुस्ताका सबै नागरिकले’ नयाँ थपिएको समयसीमाभित्र मतदाता नामावलीमा दर्ता हुन आग्रह गरेकी छन।

अनलाइनबाटै नामावली दर्ता गर्न सकिने प्रावधान प्रभावकारी बन्दै गएको र यसले कार्यालयमा हुने भिड घटाएको आयोगले बताएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, शनिबार समेत नामदर्ता सुविधा खोलिने छ।

कार्तिक २७ गतेसम्म २ लाख ५७ हजार ५ सय ५ नयाँ मतदाता दर्ता भइसकेका छन। यसअघि आयोगको तथ्यांकअनुसार नेपालमा दर्ता भएका मतदाताको कुल संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० पुगेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु