दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी लायन्ससँग जोडियो नेपाटप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १ गते, सोमबार २०:१८

काठमाण्डौ ।निर्माण सामाग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेशन काठमाण्डौमा मंसिर १ गतेदेखि शुरु हुने दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी.ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी.ले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसँगको साझेदारीले टोलिलाई यो सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा नीजि एवं व्यवसायिक क्षेत्रको प्रवेशमा अझ फराकिलो आधार तयार गर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाटप अर्गनाईजेशनका अध्यक्ष दिपक श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुद प्रर्वद्धन मार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरुको प्रतिभा प्रष्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने घोषणा गरेका छन् ।
पछिल्लो समय क्रिकेट प्रतियोगिता मार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पि.पि.आर. पाईप तथा फिटिङ्गस्, यु.पि.भि.सी. पाईप तथा फिटिङ्गस्, सि.पि.भि.सी. पाईप तथा फिटिङ्गस्, यु.पि.भि.सी. झ्याल ढोका, एच.डि.पि.ई. पाईप, डि.डब्ल्यु, सि. पाईप, स्टेनलेस स्टिल पाईप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, ईलेक्ट्रिक गिजर लगायतका सामाग्रीहरु वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्राण्ड हो ।
सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाईजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा, बरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिती रहेको थियो । राष्ट्रिय टोलिका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सबाट नेपाली सहित अष्ट्रेलिया, अफगानीस्थान, नामिबिया र ईटालीका अन्तराष्ट्रिय खेलाडीहरुले खेल्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु