तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ जनाले गरे रगतदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ७ गते, आईतवार ७:०३

काठमाडौं— नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सनिवार आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। छोटो सूचना हुँदाहुँदै करिब ७५ जना सहभागी उपस्थित जनाएर ४८ जनाले सफलतापूर्वक रगतदान गरेका छन्।

कार्यक्रमको शुभारम्भ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाल पत्रकार महासंघ काठमाडौंकी अध्यक्ष शोभा अर्याल तथा सचिव रमेश बोहोराले रगतदान गरेर गरेका हुन्।

रक्तदानमा उल्लेखनीय उपस्थिति जनाउँदै साथ–समर्थन प्रदान गर्ने महानुभावहरू प्रति शाखाले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रममा जनसवाल दैनिकका रामजी बगाले, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका सचिव सुरेन्द्र चालिसे, पूर्व अध्यक्ष इश्वरी वाग्ले, युवराज बिद्रोही, निवर्तमान अध्यक्ष सूर्य सुवेदी लगायत पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरूको सहभागिता उल्लेखनीय थियो।

त्यसैगरी कार्यक्रम स्थलमा उपस्थित भइ हौसला प्रदान गर्ने केंद्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, एल.एस. लामा, प्रदेश अध्यक्ष टेनिस रोका, प्रेस सेन्टर प्रदेश अध्यक्ष लोकेश लिम्बु, युनियन काठमाडौं अध्यक्ष महेश्वर गौतम, सेन्टर अध्यक्ष राममणि घिमिरे, चौतारी अध्यक्ष लक्ष्मण शर्मा, समाजवादी प्रेस संगठन काठमाडौं अध्यक्ष भिम लामा, ललितपुर अध्यक्ष निरोज तोलाङगे, पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्की, भक्तपुर अध्यक्ष सुन्दर शिल्पकार, प्रेस सेन्टर भक्तपुर अध्यक्ष मदन ढुगाँना लगायत सबै प्रति अध्यक्ष अर्यालले विशेष धन्यवाद व्यक्त गरेकी छन्।

अध्यक्ष शोभा अर्यालले कार्यक्रम सफल बनाउन अहोरात्र खटिने शाखाका पदाधिकारी तथा सदस्यहरू नै शाखाका “वास्तविक खम्बा” रहेको उल्लेख गर्दै गहिरो कृतज्ञता व्यक्त गरेकी छन्। अर्यालले रक्तदान जिवनदान भएको जनाउदै प्रत्यक वर्ष कार्यक्रम गर्ने बताईन ।
अध्यक्ष अर्यालले ‘जेनजी’ प्रदर्शनपछि रेडक्रस र अस्पतालमा देखिएको रगत अभावमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । उनले पत्रकार र सामाजिक अभियन्ताको सक्रिय सहभागितामा हुने यस्ता कार्यक्रमले समाजमा रक्तदानप्रति जागरूकता र प्रेरणा थप फैलिने विश्वास व्यक्त गरिन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला शाखाले निरन्तर गर्दै आएको रचनात्मक तथा मानवीय कार्यको प्रशंसा गरिन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु