तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल भाषा मंका खल यलको नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ८ गते, सोमबार ७:१४

मंसिर ७, ललितपूर

नेपाल भाषा मंका खल यलको १४ औं बार्षिक साधारण सभा मंकाः दबुछें, त्यागल ललितपूरमा कार्तिक २७ शनिवार सम्पन्न भएको एकहप्तामा यहि शनिवार नयाँ कार्यसमितिको चयन भएकोछ । अध्यक्ष पदमा केबल तिन भोटले महेन्द्र लाल महर्जन बिजयी भएकाछन् । अध्यक्ष पदमा महेन्द्र लाल महर्जन र बाबु राजा महर्जन बिच निकै कडा र रोमान्चक प्रतिस्पर्धा भएको थियो । बिदान अनुसार दुई महिला सदस्यहरुमा फरिन्दा महर्जन, रमना महर्जन बज्राचार्य, नानीहेरा शाक्य र मन्जु बज्राचार्य उम्मेदवारबाट फरिन्दा महर्जन र रमना महर्जन बज्राचार्य निर्वाचित भएकाछन् । १८ जना सदस्यको उम्मेदवारी बाट ९ जना सदस्यमा बिनोद महर्जन, प्रेम महर्जन(चिरी), राजेन्द्र महर्जन, राजु ताम्राकार, रबिन्द्र बाराही, न्हुछेमान महर्जन(कपूर), उकुलाल महर्जन, बेखारत्न महर्जन, प्रबिन महर्जन निर्वाचित भएका थिए । सफत ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष महेन्द्रलाल महर्जनले सदस्यहरुलाई धन्यवाद दिँदै बिजयी साथिहरुलाई बधाईका साथै बास्तबिक काम बल्ल सुरु भएको तथा घोषनापत्रमा बोलेको कुरा पुरा गर्न आफुहरु प्रतिबद्ध रहेन र कुनै पुर्वाग्रह नराखी संस्थाको गरीमालाई थप उचाईमा लानेमा आफ्नो कार्यकाल लक्षित हुनेमा जोड दिनुभयो । ललितपूरमा निकै क्रियाशिल रहेको नेपाल भाषा मंका खल यलमा कुल १२४४ सदस्य रहेकाछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु