तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १० गते, बुधबार ७:३९

काठमाडौं, ९ मंसिर । नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले मंसिर १३ गतेभित्र आफूहरुले पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाएको खण्डमा र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिएमा आन्दोलनमा उत्रिने बताएका हुन् ।
‘विगत सालको ३५ रुपैयाँ प्रति क्विन्टलको दरले हुन आउने ७५ करोड अनुदान रकम हाम्रो बाँकी छ । त्यो अनुदान रकम यहि १३ गतेभित्र भुक्तानी गरिनुपर्छ भन्ने माग हामीले राखेका छौं,’– महेशचन्द्र यादवले भने ।
उखुको उत्पादन मूल्य लागतको आधारमा चिनीको बजार मूल्यलाई समेत दृष्ट्रिगत गरी नेपाल सरकार, चिनी उद्योगका प्रतिनिधि र किसानका प्रतिनिधिहरु बसेर मूल्य निर्धारण गर्नुपर्ने किसानहरुको माग रहेको छ ।
उखु किसानहरुले आज कृषिमन्त्री डा.मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझाएका छन् । उखु किसानहरुको माग पूरा नगरिए मंसिर १४ गते सर्लाहीको हरिवनमा राष्ट्रिय राजमार्ग एक घण्टा जाम गरिने र १५ गतेदेखि एक लाख किसान परिवारको प्रतिनिधित्व गर्दै सर्लाहीको हरिवनमा अनिश्चितकालीन राजमार्ग अवरुद्ध गरेर सरकारलाई मागहरु पूरा गराउन बाध्य गराइने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु