तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ११ गते, बिहीबार ८:३४

काठमाडौं, मंसिर १० गते । आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबीए) ले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । रेडियन्ट सिनियर ब्वाइज, स्वर्णिम सिनियर गल्र्स र इबीए जुनियर ब्वाइजमा च्याम्पियन बने ।
स्युचाटारस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा रेडियन्ट पब्लिकले पुष्पसदनलाई ४७–४१ ले पराजित ग¥यो । रेडियन्टका सुसनराज न्यौपानेले २२ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा स्वर्णिमले आयोजक रेडियन्टलाई २३–१० ले हरायो । स्वर्णिमकी हिसी ल्हामु लामाले ११ स्कोर गरिन् ।
जुनियर ब्वाइजको फाइनलमा इबीएले ग्रिनफिल्ड नेसनल स्कुललाई २१–१७ ले पाखा लगायो । इबीएका दिगविजय पुरीले ४ अंक बटुले ।
सिनियर ब्वाइजमा रेडियन्टका सुसनराज न्यौपाने, सिनियर गल्र्समा स्वर्णिमकी ओजस्वी बोहरा र जुनियर ब्वाइजमा इबीएका दिगविजयी पुरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा आनन्दकुटी, सिनियर गल्र्समा न्यु जेनिथ र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरे अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल, रेडियन्टका अध्यक्ष प्रभाकुमार पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु