तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं गोर्खाजले शानदार प्रदर्शन गर्दै चितवन राइनोजलाई ५३ रनले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १३ गते, शनिबार ८:२५

काठमाडौं | काठमाडौं गोर्खाजले शानदार प्रदर्शन गर्दै चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ। यस जितसँगै काठमाडौं ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ, जबकि चितवनले प्रतियोगितामा आफ्नो दोस्रो हार ब्यहोरेको छ।

टस जितेर फिल्डिङ रोजेको चितवनले काठमाडौंलाई १९ ओभर ४ बलमा १४२ रनमै समेट्यो। कमजोर सुरुवात गरे पनि मिलिन्द र जोन सिम्पसनबीचको ९८ रनको साझेदारीले काठमाडौंलाई सम्मानजनक योगफलसम्म पु-यायो। सिम्पसनले उत्कृष्ट ६० रन जोडे भने मिलिन्दले ३८ रनको योगदान दिए।

चितवनका लागि सोहेल तनबीर प्रभावशाली रहे— उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। रन्जित र कमलले २–२ विकेट निकाल्दै काठमाडौंलाई दबाबमा राखे।

तर, १४३ रनको लक्ष्य पछ्याउन उतरेको चितवनको ब्याटिङ आरम्भदेखि नै धरासायी भयो। ७ ओभरमै ३२ रनमा ४ विकेट गुमाएको चितवन खेलमा फर्किन सकेन। निरन्तर विकेट पतनले कुनै सोलिड साझेदारी बन्न पाएन। कप्तान कुशल मल्ल ६ रनमै आउट भए भने भरपर्दा खेलाडी रबि बोपरा पनि २१ रनमा पवेलियन फर्किए।

चितवनले १७.२ ओभरमै ८९ रनमा समेटिँदा काठमाडौंका बलरहरू चम्किए। रसिद खानले १.२ ओभरमा ३ रन मात्र दिँदै ३ विकेट लिए। मिलिन्द, करण, कमल र साहबले समान २–२ विकेट हात पारे।

चितवन १४ ओभर ५ बलमा ७१ रनमै ७ विकेट गुमाइसकेको अवस्थामा लक्ष्य निकै टाढा बन्दै गयो। आठौँ विकेटका रूपमा सोहेल तनबीर १८ रनमा आउट भएपछि चितवनको संघर्ष झनै कमजोर भयो र टोली ९० रन पार गर्न समेत असफल रह्यो।

यो जितसँगै काठमाडौंले पाँच खेलमा तेस्रो सफलता हात पारेको छ। चितवनले भने ४ खेलमा २ जित र २ हारका साथ ४ अंक जोडेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु