दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सम्झनामा स्वतन्त्र संसार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १५ गते, सोमबार १९:०३

-दिपक विवश आँशु
🧞‍♂️🧜‍♂️🧜‍♀️🧜🧞

**“प्रिय स्वतन्त्र,
आज म तिम्रै प्रिय मान्छे श्याम–स्मृतका पीडाले भिजेका शब्दहरू सापटी लिएर तिमीलाई नै श्रद्धा–सुमन अर्पण गर्दैछु।
स्वर्गका चराहरूले पनि तिम्रो मधुर मुस्कान र मीठो बोली सुनेर
आफ्नै पखेटा थरथराउने गरी नाचिरहेका होलान्,
किनकि तिमी त अब परलोककाे उज्यालो छायाँमा रमाइरहेकाे छाैं।

तर म…
म भने यहाँ पृथ्वीको कठोर माटोमा
तिम्रो अनुपस्थितिको अँध्यारो भित्तासँग टाँसिएर
हर क्षण, प्रत्येक श्वाससँगै, तिमीलाई खोजिरहेछु।
तिम्रो यादको डढेलोले भित्रभित्रै पोलिरहँदा
कसैले मलाई स्वार्थी भने,
तिम्रो नाम लिएर रुँदा
महत्काङ्क्षीको आरोप थोपरे।

अझ तिम्रो जीवन–गाथा लेख्दा पनि
क्षितिजपारिबाट ‘AI को गन्ध आयो’ भनेर
ढोल पिट्नेहरू भेटिए—
तर, म त्यो सबै सहेर मौन बसिरहेँ,
किनकि मेरो मौनभित्र तिमी थियौ,
मेरो पीडाभित्र तिमी थियौ,
मेरो हरेक धड्कनको सुनसान गहिराइमा
तिम्रै श्वासको प्रतिध्वनि अझै बजिरहेकाे छ,
प्रिये स्वतन्त्र।

तिमी त गयौ—
यो संसार छाडेर,
तर, तिमीले छाडेर गएको रिक्तता
आज पनि मेरो छातीभित्र हरेक पल
सयौँ धारले छिया–छिया पार्दै घाउ बल्झाइरहेछ।
तिमीलाई सम्झँदा आँखाबाट झर्ने
प्रत्येक आँसुले
मनभित्र तड्पिएको प्रेमलाई फेरि उठाएर
फेरि भत्काइदिन्छ।

हे स्वतन्त्र,
तिमी परलोकमा पुगेकाे भए पनि
मेरो मनमा तिमी यत्तिकै जिउँदै छा‌ैं।
संसारले बुझेन,
तर मलाई थाहा छ—
तिमी मसँगै छाैं,
मसँगै धड्किरहेकाे छाै,
र यही अनुभूति नै
मलाई अझै बाँचिरहन बाध्य बनाइरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु