दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बढी कर तिर्ने ग्राण्डी अस्पताललाई टोखा नगरपालिकाको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १७ गते, बुधबार १७:३३

काठमाडौँ, १७ मंसीर । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेको भन्दै ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताललाई सम्मान गरेको छ ।

टोखा नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवसको अवसर पारेर मंगलबार नगरपालिकामा आयोजित एक समारोहका बीच संस्थागततर्फ सबैभन्दा धेरै कर तिरेको भन्दै उक्त अस्पताललाई सम्मान गरेको हो । ग्राण्डी अस्पतालले आर्थिक वर्ष २०८१÷८२ मा टोखा नगरपालिकालाई रु २४ लाख ८२ हजार ५०४ कर तिरेको थियो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ग्राण्डी अस्पतालले संस्थागत तर्फ सबैभन्दा बढी कर तिरेर नगरपालिकाको विकास तथा निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिनुभयो ।
विस २०६९ सालमा स्थापित ग्राण्डीले समुदायप्रति समर्पित रहँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दे आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु