दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

म झुक्न दिन्न मेरो देशको झण्डा बोलको स्वदेशगान रेकर्डिङ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १७ गते, बुधबार १७:३७

काठमाडौं । देशमा अन्यौलता ,अस्थिरता ,बेरोजगारी जस्ता समस्याले गर्दा देशै नरहने अवस्थामा,पुग्ने हो कि भन्ने हल्लाले आम नेपालीहरुमा त्रास भ ई रहेको अवस्थालाई सन्तुलनमा राख्ने उदेश्यले एउटा नयाँ स्वदेशगान रेकर्ड  भएको छ ।
सामाजिक अभियन्ता तथा मिडियाकर्मी डि.बि.पराजुलीको शब्द लाई चर्चित गायक रुपक डोटेलको स्वरमा यो गीत रेकर्ड सम्पन्न गरिएको हो ।
सामाखुसी रेडन स्थित एरिका डिजिटल स्टुडियो मा रेकर्ड भएको यो गीतमा संगीत  सर्जक,मोडल तथा एक्टिभ ईन्टरटेनमेन्ट का सन्चालक बिजेन्द्र नौबागेले गर्नु भएको हो भने यसको एरेन्ज बहु प्रतिभाको धनी सुनिल परियार ले गर्नु भएको हो ।
देशभक्ति पुर्ण भावना जोडिएका सब्द रहेको यो गीतको रेकर्ड सिन्धुपाल्चोकके ठिटो मदन परियार ( सुफिक्स) ले गर्नु भएको हो ।
यो गीतको सब्दहरुले आम नेपाली हरुको मन छुने कुरामा आफू बिस्वस्त्त रहेको गीतका रचनकार डि.बि. पराजुलीले बताउनु भयो ।
त्यस्तै गीतको संगीत र एरेन्ज पनि उत्कृष्ट भएको गीतका संगीतकार बिजेन्द्र नौबागेको दाबी छ ।
यश भन्दा अगाडीका स्वदेश गान हरु गाउँँदा भन्दा यो स्वदेश गान गाउँदा देशभक्ति  प्रति नयाँ उर्जा आएको भन्दै गीतका शब्द ,संगीत र स्वरको संयोजन मिलेको गायक रुपक डोटेल ले प्रतिक्रिया दिनु भएको छ ।
गीत एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.ले बजारमा ल्याउन लागेको हो ।
यो गीत मंसिर महिना को अन्तिम सम्म वा पुष महिनाको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु