दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अष्ट्रेलियामा हुने STAG GLOBAL MASTERS TEAMS CHALLENGE मा नेपाली टेबल टेनिस खेलाडीहरूको सहभागिता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १९ गते, शुक्रबार ८:३६

नेपाली टेबल टेनिस खेलाडीहरू आगामी डिसेम्बर ६–७, २०२५ मा अष्ट्रेलियाको पर्थमा आयोजना हुने STAG GLOBAL MASTERS TEAMS CHALLENGE मा सहभागी हुन प्रस्थान गरेका छन्। प्रतियोगितामा नेपालका आठ खेलाडी—बिकि महर्जन, बिक्रम श्रेष्ठ, महेश शाक्य, नविता श्रेष्ठ, निम जोशी, निराज जोशी, राजन शाक्य र स्वेच्छा नेम्वाङसहित प्रशिक्षक राकेश महर्जनले प्रतिनिधित्व गर्दै छन्। टोलीको बिदाई कार्यक्रम काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित भएको थियो, जहाँ अल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष श्री ज्याकी महर्जनले खेलाडीहरूलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै जाने टोलीले देशको प्रतिष्ठा थप उचो बनाउने विश्वास व्यक्त गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु