दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रबन्धक अधिकारी ” ११औं अन्तर्राष्ट्रिय कला, संस्कृति तथा नृत्य सम्मेलन– फ्लोरिडामा सहभागी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १९ गते, शुक्रबार १३:२४

सीतल आचार्य 🖋️ काठमाडौं

इन्टरनेशनल डान्स काउन्सिल (CID) अमेरिका शाखाको निमन्त्रणामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रबन्धक श्री डेक प्रसाद अधिकारी “गोपाल” ११औं अन्तर्राष्ट्रिय कला, संस्कृति तथा नृत्य सम्मेलनमा सहभागी भएका छन्। अमेरिकाको मियामी, फ्लोरिडामा सम्पन्न उक्त सम्मेलनमा ५० भन्दा बढी विभिन्न कला क्षेत्रको प्रतिनिधित्व गर्ने ३०० भन्दा बढी विज्ञहरूको उपस्थिति रहेको थियो।

उक्त महाधिवेशनको मुल विषय ‘Healing Through Dance – Series 3’ रहेको थियो, जसले नृत्यका विविध रूपहरूको प्रदर्शनमार्फत कला–संस्कृतिको सम्पूर्ण वातावरण झल्काउने काम गरेको थियो। यो कार्यक्रम विविध सांस्कृतिक पेशेवरहरूको एक वैश्विक सञ्जालको रूपमा स्थापित हुँदै समुदायहरूलाई सबल बनाउने, र समाजमा कलाको भूमिका तथा योगदानप्रति अझै गहिरो सम्मान र मान्यता अभिवृद्धि गराउने उद्देश्यसँग अघि बढाइएको हो।

सम्मेलनका क्रममा अधिकारीले आयोजक तथा सहभागी प्रतिनिधिहरूसँग नेपाली कला–संस्कृतिको परिचय गराउँदै आगामी दिनमा सरकारी तथा गैर–सरकारी निकायसँग समन्वय गरी यस्ता कार्यक्रमहरू नेपालमै आयोजना गर्न सकिने सम्भावनाबारे जानकारी गराएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु