दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल श्रीलंका चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका एम्बेसडरबीच भेटघाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २० गते, शनिबार ६:३६

नेपाल श्रीलंका चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका एम्बेसडरबीच भेटघाट, व्यापार, लगानी र संयुक्त उद्यमलगायतका विषयमा छलफल

काठमाडौँ । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाडौंको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का माननीय सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त र सदस्य कुमार दाहालको उपस्थिति रहेको थियो ।
यो भेटघाटमा एम्बेसडर डेल्पिटियाले आगामी दिनमा दुई मुलुकबीच व्यावसायिक गतिविधि बढ्ने धारणा राखेका छन् । २०२६ जुन महिनामा श्रीलंकामा हुने इन्ड्रस्ट्रियल एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुने विषयमा छलफल भएको छ । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो आयोजना गरिने र श्रीलंकाका प्रतिनिधि सहभागी हुने नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष विजय श्रेष्ठले बताए । भेटघाटमा नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा छलफल भएको छ ।
दुई देशबीचको भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशसँग सम्बन्धित बजार, आर्थिक विकास पहलहरू, विदेशी व्यापार तथा लगानी नीतिहरूमा नियमित छलफल हुन सक्ने उल्लेख छ ।
साथै, भेटघाटमा व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यावसायिक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवद्र्धनका सम्भावित गन्तव्यहरूका बारेमा थप छलफल भएको छ । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) को आगामि हुने साधारणसभामा नेपालका लागि श्रीलंकाका एम्बेसडर डेल्पिटियाको प्रमुख अथिति रहेने विषयमा समेत छलफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु