तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिंसाको बारेमा विशेष सचेतना कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २४ गते, बुधबार ७:१०

ललितपुर । प्रविधिको सही प्रयोगः लैगिक हिंसा अन्त्य गरौं । लैगिक हिंसाविरुद्धको १६ दिने अभियन (नोभेम्बर २५ डिसेम्बर १० ) अन्तर्गत शान्ति शिक्षा अभियान नेपाल र किन इन्डिया दिल्लीको संयुक्त आयोजनामा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धि मंगल मा.वि, गोदावरी नगरपालिका वडा नं. ५ लेलेको गणेश महिला समूह लगायतका विभिन्न स्कुलका विद्यार्थीहरुको साथै महिला समूहरुलाई डिजिटल युगमा हुने हिंसाको बारेमा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोबाटबाट प्र.स.नि प्रकृति खड्काले डिजिटल हिंसाबाट भइरहेको हिंसा र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । यस सचेतना कार्यक्रमको संयोजन भने विश्वकीर्तिमानी सगरमाथा आरोही तथा बाल विवाह रोकथाम र मानव बेचविखन विरुद्धको अभियानका सक्रिय अभियन्ता कल्पना महर्जनले गरेको थियो । अभियन्ता कल्पनाले आजको समाजमा बाल विवाह तथा मानव बेचविखन पनि यस्तै सामाजिक सञ्जालको विभिन्न माध्यमहरुबाट समेत भूमिका खेलिरहेको कारण यस्तो खालको सचेतनाको कार्यक्रमहरु संचलन गर्नु अत्यन्तै आवश्यकता रहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु