तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

किवानिज इन्टरनेशनलको भाइस प्रेसिडेण्का लागि मोहन लम्सालको उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २५ गते, बिहीबार १७:४८

काठमाडौं । किवानिज इन्टरनेशनलको भाइस प्रेसिडेण्का लागि किवानिज क्लवका पूर्व डिष्ट्रिक्ट गर्भनर तथा पर्यटन व्यवसायी मोहन लम्सालले उम्मेदवारी घोषणा गरेका छन् ।

११ बर्ष किवानिज मार्फत स्थानीय र अन्तरराष्ट्रिय स्तरमा बिभिन्न नेतृत्वमा रहेर काम गरिसकेको अनुभव भएका लम्सालले हाल किवानिज बोर्ड अफ ट्रष्टीको पदमा रहेर काम गरेको अनुभव पनि संगालेका छन् ।

एकतामा जोड दिंदै आएका लम्साल वालवालिकाको भविश्य उज्वल बनाउने काममा आफ्नो समय सर्मपित गर्दै आएका छन् ।

किवानिजलाई अझ बलियो, सवल, समाबेशी र भविश्यमूखि बनाउने उद्येश्य राखेर उम्मेदवारी घोषण गरेका लम्साल किवानिजलाई अग्रणी सामाजिक संस्था बनाउन चाहन्छन् ।

सन् १९१५ जनवरी २१ मा स्थापित संस्था विश्वलाई एक बच्चा र एक समूदायको हिसावले सुधार्न सर्मपित स्वयंसेवकहरुको विश्वब्यापी संगठन हो ।

करिव ८५ देश र भौगालिक क्षेत्रमा करिव ६ लाख पचास हजार सदस्य रहेको किवानिज क्लवहरुले प्रत्येक बर्ष लगभग एक लाख पचास हजार सेवा परियोजनाहरु आयोजना गछैन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु