दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डोटीको गौरव: जितेन्द्र शाही नेपाली काँग्रेस डोटीबाट प्रत्यक्ष प्रतिनिधि सभा उम्मेदवार सिफारिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २६ गते, शुक्रबार ७:४७

डोटी — नेपाली काँग्रेसका समाजसेवी र सक्रिय राजनीतिक नेता जितेन्द्र विक्रम शाही डोटी जिल्लाबाट प्रत्यक्ष प्रतिनिधि सभा उम्मेदवारको रूपमा सिफारिस भएका छन्। पार्टीले डोटीबाट प्रत्यक्षतर्फ सिफारिस गरेका १७ जनामध्ये शाहीको पल्ला सबैभन्दा बलियो मानिएको छ।

नर्वेमा रहेर पनि आफ्नो जन्मभुमि र देशप्रतिको प्रेम कायम राख्दै शाहीले विभिन्न सामाजिक, शिक्षा तथा स्वास्थ्य कार्यक्रमहरूमा ठूलो योगदान पुर्‍याएका छन्। विशेषगरी जन्मभूमिमा समस्या परेका बेला उनले ठूलो सहयोग र पहल गरेर स्थानीय समुदायको जीवनस्तर सुधारमा सक्रिय भूमिका खेलेका छन्।

उनको राजनीतिक यात्रा नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको त्रिचन्द्र क्याम्पस एकाई, त्रिवि किर्तिपुर नेविसंघ एकाई, र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद दिपायल शाखामा अध्यक्षको रूपमा सुरु भएको हो। वर्तमानमा उनी नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका तीन कार्यकाल सभापति तथा १४औं र १५औं अधिवेशनमा महासमिति सदस्यको जिम्मेवारी बहन गरिरहेका छन्।

शाहीको सशक्त नेतृत्व, समाजसेवी दृष्टिकोण र देशप्रतिको समर्पणलाई ध्यानमा राख्दै पार्टीले उनलाई डोटीबाट प्रत्यक्ष प्रतिनिधि सभा उम्मेदवारको रूपमा सिफारिस गरेको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु