तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दोस्रो ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २६ गते, शुक्रबार ८:०३

काठमाडौं, मंसिर २५– दुई विधा समावेश गरिएको दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आगामी शनिबार हुने भएको छ ।
युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले ह्वाइटफिल्ड सेकेन्डरी स्कुलले आगामी मंसिर २७ गते एक दिने तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न लागेको हो । करिब १५ विद्यालयका ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । खुसिबुस्थित ह्वाइटफिल्डमा पत्रकार सम्मेलन आयोजना गर्दै विद्यालयले प्रतियोगिताको बारेमा जानकारी दिएको हो । ह्वाइटफिल्डकी भाइस प्रिन्सिपल वर्षा श्रेष्ठले यस किसिमका प्रतियागिताले विद्यार्थीमा आत्मविश्वास बढाउने र उनीहरूमा भएका क्षमता वृद्धि विकास हुने बताइन् ।
ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा हुने ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए । स्पिड किकमा तीन वटा पेटी (बेल्ट) समूहमा प्रतिस्पर्धा समावेश गरिएको छ । ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गल्र्स र ब्वाइजमा गरी कुल ८० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । गल्र्स र ब्वाइजमा समान १० तौलसमूहमा प्रतिस्पर्धा तय गरिएको छ । स्पिड किकमा भने सेतो र पहेँलो पेटीमा, पहेँलो÷हरियो देखि नीलो पेटी र नीलो÷रातो देखि कालो पेटीसम्मको समूहमा खेलाडीले चुनौती प्रस्तुत गर्ने ह्वाइटफिल्डका राममणि बगालेले जानकारी दिए ।
ह्वाइटफिल्ड स्कूलले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको अतिरिक्त क्षमता विकासलाई प्रोत्साहन दिँदै आएको छ । विद्यालयले खेलकुद, कला र मनोरञ्जनजस्ता विविध क्षेत्रमा विद्यार्थीहरूलाई सहभागी बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि उनीहरूलाई पदक जिताउन सफल भएको छ । प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गर्नेछन् । ग्योरोगीतर्पm चारै विधा (किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर) मा उत्कृष्ट फाइटरले ट्रफी पाउने आयोजकले जनाएको छ । यस पटकको आयोजनाका लागि करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु