दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धुमधामका साथ दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २९ गते, सोमबार १३:५७

-सचिन्द्र श्रेष्ठ
दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस बर्ष पनि बिबिध कार्यक्रम सहित उपस्थित सबैलाई य:मरी वितरण गरी हर्षोल्लासका साथ य:मरी पुन्ही आइतबार सम्पन्न गरेको छ ।

कार्यक्रममा पुचका अध्यक्ष बिरेन्द्र नकर्मिले नेवारहरुले नेपाल बाहिर पनि नेवारी परम्परा, भाषा,रहनसहन र संस्कृति जगेर्ना गर्न संस्थागत रुपमा आफुहरु लागेको बताए ।नेवारी खाना ,नेवा: मूल्य मान्यता तथा यसको जगेर्ना तथा प्रचार प्रसार गर्न यस किसिमको कार्यक्रमको आवश्यकता रहेको नकर्मीले बताए।

कार्यक्रममा य:मरी पुन्हीको बेलामा गाईने गीतका साथै पुच:का सदस्यहरुले सामुहिक रुपमा नेपाल भाषा तथा नेपाली गीतहरु प्रस्तुत गरेर अतिथिहरुलाई मनोरन्जन एब खेलकूद प्रतियोगिता समेत भएको थियो ।
कार्यक्रममा कलाकारहरूले नेवारी परम्परागत बाजाहरू बजाएर आफ्नो संस्कृतिको पहिचान गराएका थिए। सोही समारोहमा प्रतियोगीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा महासचिव कुमार बलामिले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद ब्यक्त गर्नु हुदै मातृभूमिबाट यति टाढा परदेस रहेर पनि आफ्नो संस्कृतिको पहिचानको लागि नेवार समुदायले आयोजना गरेको य:मरी पुन्ही कार्यक्रमका अतिथिहरुलाई य:मरी सहित बिभिन्न नेवा:परिकारहरुको ब्यबस्था गरिएको थियो ।

धार्मिक, सांस्कृतिक मान्यताका साथै मौसम अनुसारको पौष्टिक आहारको रूपले महत्वपूर्ण मानिने यःमरी नेवा: समुदायको सभ्यता र संस्कृतिको परिकारको रुपमा परिचित मानिन्छ।
यूएईका बिभिन्न क्षेत्र बाट मौसम खराबी भए पनि नेपालीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु