दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सिङ्गापुरमा नेपाली स्वादको पहिचान बनाउँदै भिम गुरुङको सिङ्गापुर क्याफे,पहिलोपटक थकाली खाना र ढिडोको सुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २ गते, बुधबार ८:३५

सिङ्गापुर — सिङ्गापुरमा नेपाली समुदाय मात्र होइन, विभिन्न मुलुकका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै रहेको यो क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै आएको छ।

नेवारी, थकाली, नेपाली, चिनियाँ, इण्डियन तथा पञ्जाबी परिकारहरू एकै स्थानमा उपलब्ध गराउँदै आएको Singapore Cafe ले सिङ्गापुरमै पहिलोपटक ढिडो र थकाली खाना नियमित रूपमा उपलब्ध गराएर विशेष पहिचान बनाएको छ। ढिडो सेट, थकाली खाना, सेकुवा, मःमः, पानीपुरी, दहीपुरीदेखि फिस एण्ड चिप्ससम्मका परिकारहरू स्वच्छता, स्वाद र गुणस्तरमा कुनै सम्झौता नगरी परोसिँदै आएका छन्।

क्याफेका संचालक भिमबहादुर गुरुङ सन् २००७ देखि निरन्तर रूपमा सिङ्गापुरमा रेस्टुरेन्ट व्यवसायमा सक्रिय रहँदै आएका छन्। उनी केवल सफल रेस्टुरेन्ट व्यवसायी मात्र होइन, अनुभवी सेफसमेत हुन्। क्याफेको भान्सामा उनी स्वयं संलग्न भएर नेपाली स्वादलाई जीवन्त बनाइरहेका छन्, जसले ग्राहकहरूमा थप विश्वास र आकर्षण बढाएको छ।

गुरुङ सिङ्गापुरस्थित नेपाली समुदायमा मात्र होइन, विश्वभर रहेका नेपालीहरूबीच चिरपरिचित एनआरएनए अभियन्ता, समाजसेवी तथा सफल व्यवसायीका रूपमा परिचित छन्। विश्वका विभिन्न मुलुकबाट सिङ्गापुर आउने अधिकांश नेपाली पाहुनाहरू उनीसँग भेटघाट गर्ने गर्छन्। उनलाई भेट्ने धेरैले “अत्यन्तै भलाद्मी, सहयोगी र नेपालीपन बोकेको अनुहार” भन्दै उच्च सम्मान व्यक्त गर्ने गरेका छन्।

१० जनादेखि ४०० जनासम्मका समूहका लागि ग्रुप अर्डर व्यवस्थापन गर्न सक्ने क्षमताले Singapore Cafe लाई सिङ्गापुरमा नेपाली कार्यक्रम, पारिवारिक जमघट र सामूहिक भोजको पहिलो रोजाइ बनाएको छ।

सिङ्गापुरमा घरदेशको स्वाद, आत्मीयता र नेपाली संस्कृतिको अनुभूति खोज्ने नेपाली, विदेशी मित्र तथा पाहुनाहरूका लागि Singapore Cafe आज विश्वास, स्वाद र अपनत्वले भरिएको नेपाली पहिचानको केन्द्र बनेर उभिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु