तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

इभाना र वियंका फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ३ गते, बिहीबार ६:०३

शिवसताक्षी ८ की इभाना थापा र संखुवासभा ४ की वियंका राई पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला खुला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा इभानाले काठमाडौं महानगरपालिका २६ की अनिता महर्जनलाई ११–९, ११–७ र ११–४ तथा वियंकाले धरान ९ दीक्षा दाहाललाई ११–७, ११–६, ९–११ र ११–८ को सेटमा पराजित गरे ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर ६ का जयस्नु महर्जनले स्वर्ण जिते । उनले फाइनलमा मन्थली ४ का प्रजिल भट्टराईलाई १०–१२, ११–८, ११–९, ८–११ र ११–४ को सेटमा हराए । ललितपुर महानगरपालिका १६ का रिजन शाक्य र ललितपुर ९ का निर्भाना वज्राचार्य तेश्रो भए । यसअघि सो स्पर्धाको गल्र्समा ललितपुर ८ की सुरम्य शाक्यले स्वर्ण जितेकी थिइन् ।
महिला टिम इभेन्टमा शिवसताक्षी ८ पहिलो भयो । इभाना थापा र सिक्का सुवालको टोलीले फाइनलमा भक्तपुर ५ का नर्मदा खाइतु र दिया देउलाको टोलीलाई ३–१ ले पाखा लगायो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु