तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मातृभूमि सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ३ गते, बिहीबार १७:३४

आयोजक मातृभूमि स्कुल ‘ए’ दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मातृभूमि ‘ए’ ले काठमाडौं वल्र्ड स्कुललाई ५७–२९ ले पराजित ग¥यो । मातृभूमि ‘ए’ का आरभ जोशीले १६ अंक जोडे । ब्वाइजकै अर्को लिग खेलमा इनोभेटिभले बौद्ध इन्टरनेसनल स्कुललाई ५१–३९ ले हरायो । इनोभेटिभका पृथ्वी डगौराले २७ स्कोर गरे ।
गल्र्समा केएमसी र काष्ठमण्डपले सेमिफाइनलमा स्थान सुरक्षित गरे । केएमसीले बौद्ध इन्टरनेसनललाई ३२–२२ ले पाखा लगायो । केएमसीकी अकृषा घिमिरेले २४ अंक जोडिन् । काष्ठमण्डपले इनोभेटिभलाई ३६–१५ ले पन्छायो । काष्ठमण्डपकी कस्वीले १३ स्कोर गरिन् ।
गल्र्समा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा काष्ठमण्डपको भेट बौद्ध चिल्ड्रन हेभेन स्कुलसंग हुनेछ भने मातृभूमिले चेल्सी वल्र्ड स्कुलको सामना गर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु