दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समावेशी पाठ्यक्रम तथा पाठयपुस्तक अन्र्तक्रिया राजधानीमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ६ गते, आईतवार ९:४९

भूमिकला पौडेल

शिक्षा पत्रकार समूहको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा “बालबालिकाका लागि समावेशी पाठ्यक्रम, पाठयपुस्तक र सिकाइ बिचको तादम्यता” सम्बन्धी अन्र्तक्रिया कार्यक्रम राजधानिमा सम्पन्न भएको छ । सरकारले बिद्यालय शिक्षाको पाठयक्रम परिमार्जन गरिरहेको परिप्रेक्ष्यमा सो परिमार्जनले शिक्षालाई व्यवहारिक र नैतिक पक्षमा के कसरी संवोधन गरेको छ त ? बिद्यालय तहका पाठयपुस्तकहरू लैंगिक, बालबालिकामैत्री र समावेशी छन् कि छैनन् भन्ने विषयमा छलफल गरि सो अवस्था बारे सरकार तथा सम्बन्धित सबै सरोकारवाला पक्षहरूलाई ध्यानाकर्षण गराउनका लागि सो अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट संवोधन गर्नुहुँदै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले समयको गति तथा आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन हुनुपर्नेमा सहमती जनाउँनु हुँदै पाठ्यक्रम विकास केन्द्रले आगामी दिनमा यसलाई अझै परिमार्जन तथा सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा अतिथिको रूपमा

बोल्नुहुँदै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले सरकारले बिद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठयपुस्तकमा समक्ष सापेक्ष परिमार्जन गर्दै लगेको र आगामी दिनमा पनि गर्दै लानेमा जोड दिनुभयो ।
कार्यक्रममा अनुसन्धानकर्ता होमराज आचार्यले नेपालको परिप्रेक्ष्यमा पाठयपुस्तकमा “विविधता, समानता र समावेशिकरणको अवस्था” कस्तो रहेको छ भन्ने विषयमा एक विश्लेषणात्मक प्रश्तुतीकरण दिनुभयो । त्यसैगरी प्रा.डा. विद्यानाथ कोइरालाले पाठयपुस्तक भनेको सबै कुरा हो र त्यसमा उल्लेख भएका कुराहरू सबै सहि छन् भन्ने मानसिकताबाट माथि उठेर विभिन्न समुदायलाई संवोधन हुने गरी शिक्षण गर्न तथा बुझाउन अत्यन्तै जरूरी रहेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नुहुँदै शिक्षा पत्रकार समूहका अध्यक्ष निर्जला कक्षपतीले शिक्षा पत्रकार समूहले आफ्नो स्थापनाकाल देखी नै शिक्षा सवालमा केन्द्रित रहेर विभिन्न मुद्दामा छलफल चलाइ रहेको विषयमा जानकारी दिनुहुँदै यस छलफलमा उठेका विचार तथा सवालहरूले आवश्यकता तथा समय अनुसार पाठ्यक्रम बनाउन सघाउ पु¥याउने बताउनु भयो । यसैगरी सेभ द चिल्ड्रेनका प्रतिनिधी डा. लक्ष्मी पौड्यालले यस अन्र्तक्रियाले बालबालिकाका लागि समावेशी पाठ्यक्रम तथा पाठयपुस्तक विकास गर्नमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्नका लागि सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधी, पाठयक्रमविद्, विद्यालय व्यवस्थापन समितिका तथा अभिभावक संघका प्रतिनिधी, प्रधानाध्यापक, विषयगत शिक्षक, विषय विज्ञ, अपाङ्गगता भएका समुदायका प्रतिनिधी तथा यौनिक तथा अल्पसंख्यक समुदायका प्रतिनिधी, बिद्यार्थी बालबालिकाका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु