दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ११ गते, शुक्रबार ९:५८

काठमाडौं— नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्रीका सशक्त उम्मेदवार नैनसिंह महरले विश्वविद्यालयबाट दिक्षित हुँदै गर्दा विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा हुनुपर्छ बताएका छन्।

नेपाल अध्यापक सङ्घको ऐतिहासिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शैक्षिक संस्थाहरूमा ताला लगाएर समृद्धिको ढोका नखुल्ने बताए। ‘आज विद्यार्थीको हातमा ‘डिग्री’ मात्र होइन, देशको ‘डाडु–पन्यु’ सुम्पने हिम्मत हामीले गर्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहलाई जोड्दै उनले भने, ‘विश्वविद्यालयबाट निस्कँदै गर्दा प्रमाणपत्रसँगै रोजगारीको सुनिश्चितता हुनुपर्छ।’

संसारका उत्कृष्ट ५०० भित्र नेपालका कुनै पनि विश्वविद्यालय नपर्नु दुःखद् भएको उल्लेख गर्दै महरले अब ‘ठूला भवन’ भन्दा ‘ठूला भिजन’ भएका विश्वविद्यालयको आवश्यकता औंल्याए। उनले नेपालसँग सगरमाथा, लुम्बिनी र दुर्लभ संस्कृति भएकाले नेपाललाई ‘शिक्षाको अन्तर्राष्ट्रिय हब’ बनाउन सकिने प्रशस्त आधार भएको दाबी गरे। ‘हिराको सिरानी हालेर कोइलाको व्यापार गर्ने शैली बदलिनुपर्छ,’ उनले भने, ‘संसारका विद्यार्थीले गुगलमा ‘शिक्षा कहाँ पढ्ने?’ भन्दा नतिजामा ‘नेपाल’ आउने वातावरण बनाउनुपर्छ।’

नेता महरले ‘स्वदेशमा टोक्ने र विदेशमा बिक्ने’ व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै नेपालीको डिग्री विज्ञ बन्नका लागि काम लाग्नुपर्ने धारणा राखे। नेपाली कांग्रेस अर्को चुनावको लागि नभई अर्को पुस्ताको भविष्यका लागि शिक्षा नीति निर्माणमा जुटेको उनको भनाइ थियो। नेपाल सन् २०२६ मा LDC बाट स्तरोन्नति हुँदा र २०३० को दिगो विकास लक्ष्य भेट्टाउन विदेशीको मुख ताक्ने नभई, आन्तरिक क्षमता बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु