तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लाभगाउँ विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो वितरण ।। लायन्स शुभताराको आयामिक गौरबमय काम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १२ गते, शनिबार १६:३६

काठमाडौं। थाइल्याण्डको राजधानी बैंककमा लायन्स हिरो अफ दि इअर २०२४ अवार्ड पाउन सफल लायन्स क्लव अफ काठमाडौं शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालयको नेतृत्वमा यो चिसोमा न्यानो वितरण कार्य भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित लाभगाउँमा रहेको लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई यो जाडोमा न्यानो वितरण गर्ने कार्य भएको हो।

नगरपालिका भएतापनि अलि विकट मानिएको स्थानमा रहेको लाभगाउँ आधारभूत विद्यालयका ३२ विद्यार्थीहरुलाई यो जाडोमा न्यानो ऊनी स्वीटर, ऊनी टोपी, स्कुल ब्याग, पानीको बोटल तथा विभिन्न स्टेशनरी सामाग्री वितरण गरिएको जानकारी चार्टर प्रेसिडेन्ट लायन्स राजेश हिमालयले दिएका छन्। हिमालयका अनुसार, उक्त सहयोग वितरण गर्ने कार्यमा अन्जु कुईंकेल स्मृति शिक्षा कोष चावहिल तथा लायन्स क्लव अफ मेलम्चीको पनि सहयोग रहेको छ।

पहिलोपटक लायन्स क्लव अफ काठमाडौं शुभतारा मार्फत यो जाडोमा न्यानो वितरण गर्ने कार्यमा सहयोगी बन्न पाएकोमा अत्यन्तै खुशी लागेको अन्जु कुईंकेल स्मृति शिक्षा कोष चावहिलका अध्यक्ष प्रकाश कुइँकेलले भनेका छन्। गत वर्षमात्र स्थापित यस कोषले यही बर्ष चावहिलका दुई स्कुलका जेहेन्दार मेधावी विद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेको थियो।

सिन्धुपाल्चोकको लाभगाउँ आधारभूत विद्यालयमा न्यानो सहयोग वितरण गर्ने कार्यमा काठमाडौंवाट फस्ट भीपी लायन्स सुशीला श्रेष्ठ, रमिला प्रधान, प्रमिला श्रेष्ठ, लोकनाथ पौडेल, आदित्य जोशी, अमृत घले, मधुकर श्रेष्ठ लगायत पुगेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु