दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘नेवा छे’ निर्माणका लागि ‘नेवा: पुच:यूएई’ मार्फत आर्थिक सहयोग जुटाउदै”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १४ गते, सोमबार १५:१९

-सचिन्द्र श्रेष्ठ
नेवार समुदायको साझा राष्ट्रीय संगठन ‘नेवा :देय् दबू’ले काठमाण्डौ न.पा.१६ च:मतिस्थित ‘नेवा:छे’को नया भवन निर्माण र संरक्षणका लागि नेवा:पुच: यूएई मार्फत सहयोग गर्न आवाह्न गरेको छ ।

नेवा:पुच:यूएईले नेवारको भाषा, पहिचान ,एकता र अस्तित्वको संरक्षण तथा प्रबधनका लागि बैदेशिक रोजगारमा गएका आम नेपालीलाई आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरेको हो ।

सबै जातजाति, भाषाभाषी,संस्कारको अपनत्व हुने गरी बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक र कुनै ब्यक्ति गत स्वार्थ भन्दा माथि रहेर निर्माण गर्ने लक्ष्य सहित अघि बढेको नेवा:पुच:यूएईका महासचिब कुमार बलामिले बताए ।

‘नेवा छे’ लाई लिपि,साहित्य, कला, सम्पदा,संस्कृति र पर्यटन गतिबिधि केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले उक्त घर बनाउने काम भएको नेवा:पुच:यूएईका अध्यक्ष बिरेन्द्र नकर्मि, उपाध्यक्ष सुनिलमान श्रेष्ठ र उपाध्यक्ष दिपेश श्रेष्ठले एक साथ बताए । भाषा,सभ्यता,कलाको माध्यमबाट संस्कृति संरक्षण र समाज विकासमा महत्वपूर्ण भूमिका खेल्ने ध्येयले साझा हितलाई ध्यान दिएर नेवा: छे निर्माण गरिएको नेवा: पुच: युएई परिवारको भनाइ छ ।
उक्त अभियानलाई सफल बनाउन नेवा: पुच: युएईले संस्थागत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै इच्छुक दाता,संघ सस्था मार्फत आर्थिक सहयोग संकलन सुरु गरेको बिज्ञप्तिमा जनाएको छ।

“छिगु,जिगु,झी सकसिगु-नेवा :देय् दबू “भन्ने नाराका साथ बि. स. २०५२ भाद्र १६ र १७ मा काठमाण्डौमा भएको बृहत् नेवारहरुको प्रथम अधिबेशन द्वारा ‘नेवा :देय् दबू’को स्थापना गरिएको हो ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु