तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राजा वीरेन्द्र शाहको ८१ औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १४ गते, सोमबार १९:०६

काठमाडौं, १४ पुस । .राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न भएको छ ।
आज स्वर्गीय राजा शान्ति प्रतिष्ठानसहित विभिन्न संघ÷संस्थाको आयोजनामा राजा वीरेन्द्र विरविक्रम शाहदेवको ८१औं जन्मजयन्तीकोे अवसरमा ललितपुरको जवलाखेल स्थित राजा वीरेन्द्रको शालीक तथा तस्बीरमा माल्यार्पण गरि मनाइएको हो ।

विश्वमा आशान्ति र देशमा राजनीतिक ध्रुविकरण बढ्दै गएको अवस्थामा देशमा स्थायी शान्तिको कामना सहित राजा वीरेन्द्रको शासन कालमा भएगरेका योगदानको चर्चा गरिएको छ ।
राजा वीरेन्द्रले नेपाल र नेपाली जनताप्रतिको ठूलो योगदान गरेको प्रतिष्ठानका अध्यक्ष शिबहरि खनालले बताए । उनले राजा वीरेन्द्र सरल, शालीन र जनताप्रति संवेदनशील राजा भएको चर्चा गर्दै राजा वीरेन्द्रले जनताको जीवनस्तर उकास्न र राष्ट्रिय एकता सुदृढ गर्न विभिन्न विकास परियोजनाहरूको सुरुवात गरेको बताए । वीरेन्द्रले क्षेत्रीय विकासको अवधारणाले देशको समग्र विकासमा योगदान पु¥याएको र उनको शासनकालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रमा महत्वपूर्ण प्रगति भएको अध्यक्ष खनालेले बताए । राजा वीरेन्द्रको शासनकालका नेपालको प्रशासनीक, शान्ति र कुटनीतिक विस्तारमा ठूलो उपलब्धिहरु भएको अध्यक्षको खनालेले बताए ।
यस्तै सचिव रञ्जित धमलाले सन् १९७३ राजा वीरेन्द्रबाट नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव भएको बताउँदै सो प्रस्तावबाट नेपाललाई अन्तर्राष्ट्रिय द्वन्दबाट टाढा राख्दै शान्ति र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनामा पनि राजा वीरेन्द्र योगदान रहेको बताए । वि.स. २०४६ जनआन्दोलनको मागलाई स्वीकार्दै राजा वीरेन्द्रले बहुदलीय प्रजातन्त्र पुनःस्थापना गरि नेपालको लोकतान्त्रिक यात्रालाई नयाँ दिशा अवलम्बन गर्न सो कदमले सहयोग पुगेकोले उनको जनताप्रतिको संवेदनशीलता र प्रजातन्त्रप्रतिको सम्मान थियो भन्ने दर्शाएको बताए ।

राजा वीरेन्द्रले नेपाल अधिराज्यको संविधान २०४७ को घोषणास् नयाँ संविधानमार्फत नेपाललाई संवैधानिक राजतन्त्र र प्रजातान्त्रिक शासन प्रणालीमा प्रवेश गराउन राजा वीरेन्द्रको भूमिका महत्वपूर्ण छ ।
समाजसेवी कमला पौडेलले शान्तिप्रिय तथा विकासवादी राजा वीरेन्द्रले विश्व समुदायमा नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव गरेको कार्य सराहना गर्दै उहाँलगायत परिवारको रहस्यमय हत्याले समग्र नेपालीलाई चिन्तित बनाएको बताए । प्रतिष्ठानले राजा वीरेन्द्रको योगदान र उहाँप्रतिको सम्मानलाई जीवित राख्न, उहाँको जन्मजयन्ती तथा पुण्यतिथिमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु