दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

होटेल भ्यु भृकुटीले अङ्ग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १५ गते, मंगलवार १६:२५

गोदावरी, ललितपुर । होटल भ्यु भृकुटीले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पाहुनाका लागि विशेष पर्वकालीन अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २४, २०२५ देखि जनवरी १, २०२६ सम्म लागू हुने होटल व्यवस्थापनले जनाएको छ ।

अफरअन्तर्गत होटलले बेड एन्ड ब्रेकफास्ट (BB) योजना सहितको स्पेसल कपल प्याकेज मात्र ४ हजार रुपैयाँ (नेट) मा उपलब्ध गराएको छ । यसका साथै, पाहुनाले होटलका सबै खानपान सेवामा १० प्रतिशत छुट र साउना तथा स्टीम सेवामा २० प्रतिशत छुट पाउनेछन ।

होटल व्यवस्थापनका अनुसार यो अफर पर्वको समयमा पाहुनालाई न्यानो, आरामदायी र सम्झनलायक बसाइ प्रदान गर्ने उद्देश्यले ल्याइएको हो । शान्त वातावरणका लागि परिचित गोदावरी, ललितपुरमा अवस्थित होटल भ्यु भृकुटीले सहरको भीडभाडबाट टाढा बस्न चाहने पाहुनाका लागि उपयुक्त अतिथ्य​ता प्रदान गर्नेछ ।

होटेलले क्रिसमस र नयाँ वर्षको उत्सव मनाउन चाहने जोडी, परिवार तथा आन्तरिक पर्यटकलाई यस सीमित अवधिको अफरको फाइदा लिन आग्रह गरेको छ ।

बुकिङ तथा थप जानकारीका लागि होटल भ्यु भृकुटीले आफ्ना आधिकारिक सम्पर्क माध्यममार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु