तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

५ दिनमै बुबाआमाको काजकिरिया सकेका ढकालको अध्यक्षतामा संस्कार सुधार समाजको नयाँ नेतृत्व चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १५ गते, मंगलवार १६:५२

काठमाडौं, पौष १५ । संस्कार सुधार समाजको अध्यक्षमा पुण्यप्रसाद ढकाल चयन भएका छन् । आज काठमाडौंको नयाँ बानेश्वरमा भएको विशेष साधारणसभाले ढकालको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको हो । पेशागत महासंघ नेपालका अध्यक्षसमेत रहेका ढकाल पूर्व निजामती कर्मचारी हुन् ।
समाजको सहअध्यक्षमा धरणीप्रसाद गौतम, उपाध्यक्षहरुमा डा. होमनाथ पौडेल, अम्बु भवानी कार्की, डा. निर्मला न्यौपाने, महासचिवमा खगेन्द्रप्रसाद पोखरेल, सचिवमा डा. प्रकाशज्योति पोखरेल र कोषाध्यक्षमा रमेश अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा डिल्लीरमण आचार्य, धनज न्यौपाने, रुद्र आचार्य, थर्कबहादुर वस्नेत, बैकुण्ठ गुरागाई, डा.विदुर वस्ती, नारायण भट्टराई, प्रल्हाद विष्ट, विशाल घिमिरे, प्रकाश पौडेल र रञ्जनाकुमारी पोखरेल रहेका छन् । सचिव पोखरेलले नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने बताए । विधानअनुसार २६ जनाको कार्यसमिति रहने व्यवस्था छ ।
निवर्तमान अध्यक्ष शम्भुप्रसाद पोखरेलले मृत्यु संस्कार गर्ने दिन घटाएर ५ दिनमा ल्याउनुपर्छ भनेर आफूहरुले भनिरहँदा धेरैले कुरा ठिक हो भने पनि व्यवहारमा उतार्न नसकेको बताए । उनले यो अभियानलाई गाउँगाउँसम्म पुर्याउनुपर्ने बताए । वक्ताहरुले १३ दिनसम्म गरिने काजकिरियाको संस्कार ५ दिनमा गर्दा पनि फरक नपर्नेमा जोड दिए । ‘समाजको डरले गर्दा पनि मानिसहरु यो कुरा स्विकार्न तयार छैनन्, तर पनि कसैले यो विचार गलत हो भनेका पनि छैनन्’ नवनिर्वाचित अध्यक्ष ढकालले भने ‘अहिलेसम्म झण्डै ५० भन्दा बढी मानिसको काजकिरिया ५ दिनमा नै सकिएको छ, यो अभियान गलत होइन भनेर बुझाउनुपर्ने हाम्रो जिम्मेवारी हो ।’ ढकालले गत असोजमा आमाको निधन हुँदा पनि ५ दिनमै काजकिरिया सकेका थिए । ‘यो कुरा गर्दा पहिले समाजले पचाएन, मलाई सार्वजनिक वहिष्कार नै गर्छन् कि जस्तो लाग्थ्यो तर पछि सबैले यो पनि ठिकै रहेछ भने’ ढकालले भने ‘मैले २०७२ सालमा बुबाको निधन हुँदा पनि ५ दिनमा नै काजकिरिया सकेको हुँ, यो अभियान लिएर देशव्यापी रुपमा जानुपर्ने भएको छ ।’ ढकालले ५ दिनमा काजकिरिया सक्दा पनि १३ दिनमा गरिनेजस्तै सबै प्रक्रिया गर्न भ्याइएको बताए । उनले आमाको काजकिरिया मोरङमा गरेका थिए । ‘समाजले मानेन र स्विकारेन भनें अन्तै गएर काम गर्छु भनेको थिएँ पछि समस्या भएन’ ढकालले भने ‘कतिपय पुरोहितले त्यसरी नगर्ने भनेर जवाफ दिए, मैले त काठमाडौंबाट पनि चिनेजानेकै पुरोहित बोलाएर लगेको हुँ, पछि गाउँकैले हुन्छ भनेर गरे ।’
२०७२ सालमा शंकरप्रसाद पोखरेलको अध्यक्षतामा समाज गठन भएको थियो । अध्यक्ष पोखरेलको बीचैमा निधन भएपछि शम्भुप्रसाद पोखरेल अध्यक्ष भएका थिए । कार्यक्रमका वक्ताहरुले यो विषय सरकार र सरोकारवालासँग पनि राखेको र भोलिको दिनमा थप छलफल गर्दै जाने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु