दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रास्वपाबाट उम्मेदवार बन्ने आन्तरिक प्रक्रियामा पत्रकार अधिकारी, वैदेशिक रोजगार क्षेत्र सुधार गर्ने प्रतिबद्धता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १५ गते, मंगलवार १७:००

काठमाडौँ | वैदेशिक रोजगार क्षेत्रको बेथिति नियन्त्रण र श्रमिकको हकहितको लागि निरन्तर आवाज उठाउँदै आएका पत्रकार अनिल अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नं. २ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी घोषणा गरेका छन् । अधिकारीले सोमबार साँझ सार्वजनिक गरेको १७ मिनेट लामो भिडियो सन्देशमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
भिडियो सन्देश सार्वजनिक गर्दै उनले भनेका छन्- “म यो देशको सकारात्मक भविष्यका लागि जिम्मेवार राजनीतिक अभ्यासमा होमिएको छु ।” अधिकारीले भने, “फागुन २१ गते हुने निर्वाचनका लागि मैले धादिङ–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेको छु ।”
अधिकारी देश विदेश बुझेका व्यक्ति हुन् । उनले १० भन्दा बढी देशमै पुगेर नेपालीहरुको अवस्थाबारे धेरै समाचार र उनीहरुको विषयमा आवाज उठाएका छन् । उनले रेमिट्यान्सको सहि सदुपयोग नभएको, वैदेशिक रोजगार क्षेत्रमा चरम बेथिति र अवैध गतिबिधिको बिगबिगी रहेको लगायत बिभिन्न भ्रष्टाचारको मुद्धाहरु समेत उठाउदै आएका छन् ।
उनले वैदेशिक रोजगार क्षेत्र सुधारको लागि २०० भन्दा बढी स्टिंग अप्रेसन गरेको आफ्नो संदेश मार्फत बताएका छन् । पत्रकार अधिकारीले लामो समयदेखि भिजिट भिसा प्रकरण, कुवेत महिला तस्करी प्रकरण संगै विदेश जानेहरुका सम्बन्ध दर्जनौं अनुसन्धान रिपोर्टहरु सार्वजनिक गरेका छन् ।
उनले नेपालमा वैदेशिक रोजगार क्षेत्र मात्र व्यवस्थित गर्न सक्ने हो भने नेपालले बर्षेनी १० खर्व भन्दा बढी फाइदा गर्न सक्ने भन्दै त्यसको पहल कदमीको लागि आफै यो क्षेत्र बुझेको हुनाले उम्मेदवार बन्ने मोडमा पुगेको बताएका छन् । उनले भिडियो सन्देशमाको अर्थतन्त्र धानिर भनेका छन् – “म विदेश गएका लाखौं श्रमिकको आवाज उठाउने व्यक्ति हुँ । उनीहरूले नेपाल धानेका छन्, तर अझैसम्म सरकारले उनीहरूको पीडा र समस्या पूर्णरूपले सम्बोधन गरेको छैन ।”
उनले आफू निर्वाचित भएमा समग्र वैदेशिक रोजगार क्षेत्रको नीतिगत कमजोरीहरु सुधार गर्ने र संगै आफ्नो निर्वाचित क्षेत्रको नाममा छुट्टै एप बनाएर २४ सै घण्टा लक्षित जनताको समस्या नियमन गर्ने संदेश मार्फत बताएका छन् । उनले बर्षौंदेखिको बिभिन्न बेथितिको जालो तोड्नको लागि पनि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
अधिकारी लाखौँ युवामा परिचित व्यक्ति हुन् । उनकै नेतृत्वमा ‘वैदेशिक रोजगार’ नामक मोबाइल एप १२ लाख भन्दा बढी नेपाली युवाको मोबाइलमा डाउनलोड भएको एप हो । उनले युवाहरुलाई सचेत बनाउन खोजमुलक भिडियो बनाउने गरेका छन् जसको प्रभावमा युवाहरुलाई बिभिन्न ठगिबाट जोगाउने प्रयास उनले गर्दै आएका छन् ।
अधिकारीले आफ्नो सार्वजनिक अपिलमा भ्रस्टाचार, बेथिति र असमानताको विरुद्ध लड्ने दृढसंकल्प व्यक्त गर्दै सबै नागरिकलाई सकारात्मक परिवर्तनका लागि आह्वान गरेका छन् । उनले भनेका छन् – “राजनीति पेशा होइन, सेवा हो । इमान्दार र नैतिक नागरिकको सामूहिक प्रयासले मात्र देशमा सकारात्मक परिवर्तन सम्भव छ ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु