तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेक्वान्दो टोली चीन प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १६ गते, बुधबार ५:५९

दसौं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार चीनको नान्जिङ प्रस्थान गरेको छ । प्रतियोगिता डिसेम्बर ३१ देखि ३ तारिखसम्म हुनेछ ।
खेलाडीमा एन्जल राई, जोसेफ गुरुङ, जिग्मे तेन्जिङ शेर्पा, मेघिना घतानी, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, कयरभप्रसाद लोहनी, जाम्याङ तेन्जिङ शेर्पा र रियान्स बस्नेत रहेका छन् । सबै खेलाडी डाफोडिल पब्लिक स्कुलमा अध्ययनरत छन् ।
प्रशिक्षकमा विकेश विडारी तथा व्यवस्थापकमा अन्तमणि तामाङ र मनीषा मुखिया रहेका छन् । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु