दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मगर संघ साइप्रसले भव्यरुपमा माघेसंक्रान्ति मनाउँदै: कार्यक्रममा धुम मच्चाउँदै तुलसी सिवाकोटि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १७ गते, बिहीबार ६:१४

मनिषा अर्याल ,साइप्रस-

नेपाल मगर संघ साइप्रसले जनवरी ११ तारिखका दिन लिमासोलमा भव्यरुपमा माघेसंक्रान्ति मनाउने भएको छ ।

भेषभुषा, भाषा, धर्म, संस्कृतिको संरक्षण एवं, विश्वभरीका मगरहरुको एकता अहिलेको आवश्यकता’ भन्ने मुल नारा सहित मगरसंघले यहि आउदो ११ जनवरीका दिन सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने भएको हो ।
यस पर्वले आपसी सद्भाव, भाइचारा र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान जोगाइराख्ने उद्देश्यले नेपाल मगर संघ साइप्रसले विविध सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, परम्परागत खानपान तथा सांगीतिक प्रस्तुति सहित माघे सक्रान्ती विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

चर्चित कलाकार तुलसी सिवाकोटि को सांगीतिक प्रस्तुति रहेको उक्त कार्यक्रम लिमासोलको नियोफिस्टा हलमा हुने भएको छ। साइप्रसको प्रत्येक सहरहरु बाट आउन जानको लागि बसको ब्यबस्था साथै प्रत्येक सहरहरुमा टिकट पुगिसकेको हुँदा आफुलाई पायक पर्न स्वयंसेवक साथीहरु सङ्ग सम्पर्क गरि आफ्नो टिकट सुरक्षित गर्नुहुन समेत अनुरोध गर्नुभएको छ। प्रवेश शुल्क २० युरो रहेको जानकारी गराउन चाहान्छु।साथमा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने मगर संघ साइप्रसको अध्यक्ष दर्शन मगर ले जानकारी दिनुभएको छ।
उक्त कार्यक्रममा साइप्रसमा रहनु भएका मगर समुदायका साथै अन्य जातजाति, विभिन्न संघसंस्था, बुद्धिजीवी, पत्रकार तथा शुभेच्छुक महानुभावहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ !
साइप्रसमा विभिन्न नेपालीपन झल्काउने, मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मगर संघ साइप्रसले यहाँ रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाली नेपालीलाई एकतामा बाध्दै नेपाली गित सङ्गीत कला तथा कलाकारहरुलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको महासचिब बिबेक राना मगरले बताउनु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु